काठमाडौं । विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गर्दै नेपाल पुलिस क्लब नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको एपिएफविरुद्ध दुई सेटको अग्रता लिएको थियो । पछि एपिएफले २-२ को पुनरागमन गर्यो । समग्रमा पुलिसले २५-२१, २५-१५, २२-२५, २१-२५ र १५-९ ले खेलमा बाजी मार्यो ।

पुलिसको यो लगातार दोस्रो जित हो । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो । एपिएफको यो पहिलो हार हो । पछिल्ला दुई खेलमा एपिएफले सतप्रतिशत जित निकालेको थियो । सुदूरपश्चिम र मधेश प्रदेश, दुबैलाई एपिएफले ३-० को सोझो सेटमा हराएको थियो ।
पुलिसले बुधबार मधेशसँग खेल्ने तालिका छ । मधेशलाई हराए पुलिस शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्नेछ ।
