काठमाडौं । सुदूरपश्चिम प्रदेशले जितका साथ नवौं एनभिए च्याम्पियनसिपमा आफ्नो यात्रालाई अन्त्य गरेको छ । महिलातर्फ सुदूरपश्चिमले आफ्नो तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेशविरुद्ध सान्त्वना जित हासिल गर्यो ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० कभर्डहलमा सम्पन्न खेलमा मधेश ३–० को सोझो सेटमा पराजित भयो । दोस्रो हार बेहोर्ने क्रममा मधेशले सुदूरपश्चिमलाई खेल २५–२१, २५–१४ र २५–१७ ले सुम्पियो ।
पछिल्ला दुई खेलमा पराजय बेहोरेको सुदूरपश्चिम यो खेलअघि नै सेमिफाइनल समीकरणबाट बाहिरिसकेको थियो । समूह ‘ए’मा यसअघि सुदूरपश्चिम विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र एपिएफ क्लबसँग पराजित भएको थियो । मधेशले यसअघि एपिएफसँग हार बेहोरेको थियो । सोमबारको हारसँगै मधेश पनि सेमिफाइनल समीकरणबाट बाहिरियो ।
यो समूहबाट पुलिस र एपिएफले अन्तिम चारमा स्थान बनाएको छ । मंगलबार यी दुईबीच शीर्ष स्थानका लागि प्रतिस्पर्धां गर्नेछन् । मधेशले आफ्नो अन्तिम खेलमा बुधबार पुलिससँग खेल्नेछ ।
