पुस १३, २०८२ सोमबार | १३:३७:१९
आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी मिलानको जितमा मार्टिनेजको गोल एन्फा यु-१६ युथ लिगः शेर्पाले संकटालाई हरायो, एनआरटी र चर्च ब्वाइजले अंक बाँडे एनभिए च्याम्पियनसिपः पुरुषतर्फ पुलिस क्वार्टरफाइनलमा माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी मिलानको जितमा मार्टिनेजको गोल एन्फा यु-१६ युथ लिगः शेर्पाले संकटालाई हरायो, एनआरटी र चर्च ब्वाइजले अंक बाँडे एनभिए च्याम्पियनसिपः पुरुषतर्फ पुलिस क्वार्टरफाइनलमा माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने

पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै पश्चिम रुकुम भलिबल सेन्टर नवौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि नै विभागीय टोली नेपाल पुलिस र हेल्प नेपाल अन्तिम आठमा प्रवेश गरेका थिए ।

सोमबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘सी’ को खेलमा  पश्चिम रुकुमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हरायो । तीन पाकिस्तानी खेलाडीको सानदार प्रदर्शनमा पहिलो र दोस्रो सेट २५–२० र २५–१८ ले जितेको पश्चिम रुकुम चौथो सेटमा भने २३–२५ ले पराजित भयो । तर, चौथो सेटमा टोली २५–१८ ले विजयी हुँदै तीन अंक जोड्न सफmल भएको हो । पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

प्रतियोगिताको चौथो दिनपनि चार खेल आयोजना हुँदैछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भने बिहान पुरुषतर्फ र दिउसो महिलातर्फका खेल भइरहेका छन् । यसअघि तीन दिन सुरुमा महिलातर्फका खेल भएका थिए ।

यता, समूह ‘डी’ को खेलमा १२ बजे विभागीय टोली त्रिभुवन आर्मी क्लबले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । कीर्तिपुर प्रतियोगितामा पहिलो खेलमै जित निकाल्ने योजनामा छ । आर्मी पनि लगातार दोस्रो जित निकाल्दै ६ अंकसहित क्वार्टरफाइनल पुग्ने रणनीतिमा छ । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा हराएको थियो ।

यता, महिलातर्फ पनि दुई खेल हुनेछन् । पहिलो खेलमा उपाधि दाबेदार आर्मी र न्यु डायमन्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्नेछ । पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल तथा न्यु डायमन्डले चुली युवा क्लबलाई हराउँदै तीन अंक जोडेका थिए ।

दिनको अन्तिम खेलमा साझ ४ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् भिड्दैछन् । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस तथा मधेश एपिएफसँग सोझो सेटमा पराजित भएका थिए । 
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I