पुस २८, २०८२ मंगलबार | ०५:०९:१८
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै पश्चिम रुकुम भलिबल सेन्टर नवौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि नै विभागीय टोली नेपाल पुलिस र हेल्प नेपाल अन्तिम आठमा प्रवेश गरेका थिए ।

सोमबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘सी’ को खेलमा  पश्चिम रुकुमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हरायो । तीन पाकिस्तानी खेलाडीको सानदार प्रदर्शनमा पहिलो र दोस्रो सेट २५–२० र २५–१८ ले जितेको पश्चिम रुकुम चौथो सेटमा भने २३–२५ ले पराजित भयो । तर, चौथो सेटमा टोली २५–१८ ले विजयी हुँदै तीन अंक जोड्न सफmल भएको हो । पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

प्रतियोगिताको चौथो दिनपनि चार खेल आयोजना हुँदैछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भने बिहान पुरुषतर्फ र दिउसो महिलातर्फका खेल भइरहेका छन् । यसअघि तीन दिन सुरुमा महिलातर्फका खेल भएका थिए ।

यता, समूह ‘डी’ को खेलमा १२ बजे विभागीय टोली त्रिभुवन आर्मी क्लबले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । कीर्तिपुर प्रतियोगितामा पहिलो खेलमै जित निकाल्ने योजनामा छ । आर्मी पनि लगातार दोस्रो जित निकाल्दै ६ अंकसहित क्वार्टरफाइनल पुग्ने रणनीतिमा छ । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा हराएको थियो ।

यता, महिलातर्फ पनि दुई खेल हुनेछन् । पहिलो खेलमा उपाधि दाबेदार आर्मी र न्यु डायमन्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्नेछ । पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल तथा न्यु डायमन्डले चुली युवा क्लबलाई हराउँदै तीन अंक जोडेका थिए ।

दिनको अन्तिम खेलमा साझ ४ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् भिड्दैछन् । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस तथा मधेश एपिएफसँग सोझो सेटमा पराजित भएका थिए । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||