पुस २८, २०८२ मंगलबार | ०६:२९:२१
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

हेल्प नेपाल क्वार्टरफाइनलमा

काठमाडौं । हेल्प नेपाल क्लब लगातार दोस्रो जित निकाल्दै एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा हरायो ।

तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले २५–१६, २५–१९ तथा २५–२२ को जित निकाल्यो ।  समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।

पहिलो खेलमै पराजित भएको मणिमुकुन्द दोस्रो खेलमा एपिएफसँग खेल्नेछ । यो खेलमा जित निकाल्ने टिमलाई पनि क्वार्टरफाइनलमा पुग्ने अवसर छ ।

यसअघि महिलातर्फको दुई खेलमा विभागीय टोलीहरु शसस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएका थिए ।

दिनको दोस्रो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो । एपिएफले खेल २५–६, २५–११ तथा २५–१२ को जितेको हो । शनिबारमात्रै एपिएफले समूह ‘बी’ मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । यो खेलमा एपिएफले ७५ अंक जोड्दा मधेशले मात्र १३ अंक जोडेको थियो । पहिलो खेलमा एपिएफकी निरुता ठगुन्नाले एक्लै १३ अंक जोडेको थिइन् । लगातार दुई खेलपछि एपिएफले ६ अंक भएको छ ।

यो हारपछि सुदूरको सम्भावना निकै कमजोर बनेको छ । सुदूरपश्चिम पहिलो खेलमै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

आज नै भएको पहिलो खेलमा विभागीय टोली आर्मीले चुली युवा क्लबलाई सोझो सेटमा हराउँदै समूह ‘बी’ मा ६ अंक जोड्यो । आर्मीले २५–१६, २५–१२ तथा २५–९ को जित निकालेको हो । आर्मीले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

लगातारको दोस्रो हारपछि चुलीको  सेमिफाइनल सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा चुली न्यु डायमन्डसँग सोझो सेटमै पराजित भएको थियो । चुलीले पहिलो खेलमा पनि न्यु डायमन्डविरुद्ध मात्र ३० अंक जोड्न सक्यो ।

अब, ४ बजे हुने दिनको अन्तिम खेलमा खिल्जी युवा क्लबलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस पनि सिधै क्वार्टरफाइनल पुग्ने दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हराएको थियो । खिल्जीको भने यो पहिलो खेल हो । खिल्जी विभागीय टोलीविरुद्ध जित निकाल्ने योजनामा छ । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||