फाल्गुन २७, २०८२ बुधबार | २२:५२:१५
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

आर्मीको लगातार दोस्रो जित

काठमाडौं । चुली युवा क्लबलाई सोझो सेटमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा  आर्मीले २५-१६, २५-१२ तथा २५-९  को जित निकालेको हो ।

समूह ‘बी’ मा आर्मी लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन सफल भयो । आर्मीले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

लगातारको दोस्रो हारपछि चुलीको  सेमिफाइनल सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा चुली न्यु डायमन्डसँग सोझो सेटमै पराजित भएको थियो । चुलीले पहिलो खेलमा पनि न्यु डायमन्डविरुद्ध मात्र ३० अंक जोड्न सक्यो ।

आज नै महिलातर्फको दोस्रो खेलमा १२ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले बलियो एपिएफ क्लबको सामना गर्दैछ । एपिएफ लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा सुदूरपश्चिम भने पहिलो जित निकाल्ने दाउमा छ ।

शनिबारमात्रै एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । यो खेलमा एपिएफले ७५ अंक जोड्दा मधेशले मात्र १३ अंक जोडेको थियो । एपिएफकी निरुता ठगुन्नाले एक्लै १३ अंक जोडेको थिइन् । सुदूरपश्चिम पहिलो खेलमै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

यता, पुरुषतर्फ हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लबलाई आ–आफ्ना खेल जित्दै क्वार्टरफाइनलमा पुग्ने अवसर छ ।

दिनको तेस्रो खेलमा हेल्प नेपालविरुद्ध मणिमुकुन्द भलिबल क्लब खेल्दैछ । २ बजे हुने खेलमा हेल्प नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराएको थियो । मणिमुकुन्द भने तीन पाकिस्तानी खेलाडी समावेश गरेर बलियो देखिएको हेल्प नेपाललाई रोक्ने तयारीमा छ । मणिमुकुन्द पहिलो खेलमै अंक जोड्ने चाहन्छ । यदि यो खेलमा पराजित भएपनि मणिमुकुन्दलाई एपिएफविरुद्धको खेल जित्दै क्वार्टरफाइनल पुग्ने अवसर रहन्छ ।

४ बजे हुने दिनको अन्तिम खेलमा खिल्जी युवा क्लबलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस पनि सिधै क्वार्टरफाइनल दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हराएको थियो । खिल्जीको भने यो पहिलो खेल हो । खिल्जी विभागीय टोलीविरुद्ध जित निकाल्ने योजनामा छ । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||