पुस २८, २०८२ मंगलबार | ०५:११:५४
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर

काठमाडौं । एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा आज (आइतबार) पनि चार खेल हुँदैछन् । आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिताको तेस्रो दिनपनि महिला र पुरुषतर्फ समान २ दुई खेल हुनेछन् ।

महिलातर्फ पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चुली युवा क्लबबीच खेल हुनेछ । समूह ‘बी’ मा आर्मी लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ । आर्मीले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

चुली भने पहिलो खेल जित्ने योजनामा छ । पहिलो खेलमा चुली न्यु डायमन्डसँग सोझो सेटमै पराजित भएको थियो । बिहान १० बजे हुने खेल पनि आर्मीले सोझै सेटमा जित्ने सम्भावना देखिन्छ । चुलीले पहिलो खेलमा न्यु डायमन्डविरुद्ध मात्र ३० अंक जोड्न सक्यो ।

 

महिलातर्फको दोस्रो खेलमा १२ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले बलियो एपिएफ क्लबको सामना गर्दैछ । एपिएफ लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा सुदूरपश्चिम भने पहिलो जित निकाल्ने दाउमा छ ।

शनिबारमात्रै एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । यो खेलमा एपिएफले ७५ अंक जोड्दा मधेशले मात्र १३ अंक जोडेको थियो । एपिएफकी निरुता ठगुन्नाले एक्लै १३ अंक जोडेको थिइन् । सुदूरपश्चिम पहिलो खेलमै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

यता, पुरुषतर्फ हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लबलाई आ–आफ्ना खेल जित्दै क्वार्टरफाइनलमा पुग्ने अवसर छ ।

दिनको तेस्रो खेलमा हेल्प नेपालविरुद्ध मणिमुकुन्द भलिबल क्लब खेल्दैछ । २ बजे हुने खेलमा हेल्प नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराएको थियो । मणिमुकुन्द भने तीन पाकिस्तानी खेलाडी समावेश गरेर बलियो देखिएको हेल्प नेपाललाई रोक्ने तयारीमा छ । मणिमुकुन्द पहिलो खेलमै अंक जोड्ने चाहन्छ । यदि यो खेलमा पराजित भएपनि मणिमुकुन्दलाई एपिएफविरुद्धको खेल जित्दै क्वार्टरफाइनल पुग्ने अवसर रहन्छ ।

४ बजे हुने दिनको अन्तिम खेलमा खिल्जी युवा क्लबलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस पनि सिधै क्वार्टरफाइनल दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हराएको थियो । खिल्जीको भने यो पहिलो खेल हो । खिल्जी विभागीय टोलीविरुद्ध जित निकाल्ने योजनामा छ । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||