काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा सहज जित निकालेको छ ।
शनिबार प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा न्यु डायमन्डले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
लिबेरो सलिना श्रेष्ठको कप्तानीमा रहेको न्यु डायमन्डले खेल २५–१०, २५–५ र २५–१५ ले जित्दै तीन अंक जोडेको हो । अब, न्यु डायमन्डले सोमबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछन् ।
समूह ‘बी’ मा न्यु डायमन्डसँगै त्रिभुवन आर्मीको पनि समान तीन अंक छ । यो समूहमा चुलीसँगै पहिलो खेल खेलेको एभरेष्ट भलिबल क्लब पनि पहिलो खेलमा पराजित भएको थियो ।
समूहमा शीर्ष दुई क्लब सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् । आठ टिम सहभागी महिला च्याम्पियनसिपबाट शीर्ष ६ टिम प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।
भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
