फाल्गुन २७, २०८२ बुधबार | २२:५२:१३
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गर्ने एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा आज (शुक्रबार)बाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने शुक्रबार हुने उद्घाटन खेलमा हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच दिउँसो ३ बजे खेल हुने भएको छ ।

त्यसअघि बिहान ९ बजे हुने महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

एनभिएले २० पुससम्म आयोजना गर्ने प्रतियोगितामा २० टिम सहभागी हुनेछन् । पुरुषतर्फ १२ तथा महिलातर्फ ८ टिम सहभागी छन् । प्रतियोगिताबाट १४ क्लब प्रधानमन्त्री कप लिगको लागि छनोट हुनेछन् ।

घरेलु भलिबलका सानदार प्रदर्शन गर्दै आएको गण्डकी प्रदेश भलिबल संघले भने आर्थिक अभावका कारण प्रतियोगितामा सहभागिता जनाउन नसकेको प्रष्ट पारेको छ । प्रतियोगिताको अघिल्लो दिन पत्र लेख्दै गण्डकी प्रदेश भलिबल संघले एनभिएसँग क्षमा मागेको छ । राष्ट्रिय टिमको खेलाडी छनोटको विषयलाई लिएर सुरु भएको विवाद अहिले भने आर्थिक अभावको कारण देखाइएको छ ।

गण्डकी भलिबल संघका कार्यवहाक अध्यक्ष राजेन्द्र जिसी र महासचिव टहल सिंह थापाले संयुक्त हस्ताक्षर गर्दै आर्थिक अभावका कारण एनभिए च्याम्पियनसिप र टाइगर कप दुबैमा सहभागी हुन नसकको प्रष्ट पारेका छन् । साथै संघले एनभिए लिग भब्य सफलताको लागि शुभकामना पनि दिएको छ ।

च्याम्पियनसिपको पुरुषतर्फ तीन विभागीय क्लबहरु (त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ)सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी छन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।

यो च्याम्पियनसिपबाट पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टिम प्रधानमन्त्री एनभिए लिगको लागि छनोट हुनेछन् ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||