फाल्गुन २७, २०८२ बुधबार | २२:४७:०८
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने

काठमाडौं । अस्ट्रेलिया पुगेकी नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा मालीलाई समेट्दै टिपटप न्यु डायमन्ड एकेडेमीले नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गर्ने एनभिए पुरुष तथा महिला च्याम्पियनसिपको लागि टिम घोषणा गरेको छ ।

प्रशिक्षक कुमार राईले च्याम्पियनसिपको उपाधि फर्काउने योजनासहित १६ सदस्यीय टिम घोषणा गरेका छन् । राईले आफ्नो सहायक प्रशिक्षकमा ललित नाथलाई नै निरन्तरता दिएका छन् । टिमको व्यवस्थापकमा दिनेशकुमार श्रेष्ठ छन् ।

टिममा प्रतिभा फर्किएकी छिन् । अस्ट्रेलिया पुगेपछि यसअघि प्रतियोगितामा प्रतिभा नेपालमै रहिनन् । उनको आगमनसँगै न्यु डायमन्ड प्रतियोगिताको दाबेदारको रुपमा उभिएको छ । प्रतिभाले कमब्याक गर्दा टिमको कप्तानमा लिबेरो सलिना श्रेष्ठ छिन् ।

यस्तै न्यु डायमन्डलाई राष्ट्रिय टिमबाट खेलिरहेका स्पाइकर सुमित्रा रेग्मी र सेटर प्रगती नाथको साथ छ । यस्तै नेपालको युथ टिमबाट खेलिसकेका जेनिशा विश्वकर्मा, अञ्जिला प्रधान, सलिना बुढामगर, सहित निशा महरा, नमसर राना, सुनिता खत्री, रेविका लामा तामाङ र सरिका कार्की टिममा रहेका छन् ।


एनभिएले बुधबार राति कूल २० टिम सहभागी हुने च्याम्पियनसिपका खेल तालिका सार्वजनिक गर्दै बिहानीसत्रमा महिला र दिउसोमा पुरुष खेल हुने तय गरेको छ ।

न्युडायमन्ड समूह ‘ए’ मा छ । यो समूहमा न्यु डायमन्डसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र चुली युवा क्लब छन् । न्युडायमन्डले शनिबार चुली युवा क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

शुक्रबार हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच दिउसो तीन बजे उद्घाटन खेल हुने भएको छ । एनभिएले हरेक दिन चार खेल हुने तय गरेको छ । बिहान दुई खेल महिला र दिउसो दुई खेल पुरुषका हुनेछन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेलको उपाधि भिडन्त २० गते हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम सहभागी छन् । उनीहरुलाई चार समूहमा विभाजन गरिएको  छ । महिलातर्फ ८ टिम सहभागी हुने छन् । उनीहरुलाई दुई समूहमा राखिएको छ । लिग चरणपछि क्वार्टरफाइनलका खेल हुनेछन् । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।

लिगमा गण्डकी प्रदेशले भने सहभागिता जनाउने छैन । यसअघि घरेलु प्रतियोगितामा कडा चुनौती दिँदै आएको गण्डकीले राष्ट्रिय टिम छनोटमा असहमती जनाउँदै लिग नखेल्ने निर्णय गरेको हो ।  पछिल्लो पटक नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कपमा खेल्यो । घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडी नसमेटिएपछि गण्डकीले असहमती जनाउँदै आएको छ ।

गण्डकी सहभागी नभएपछि पुरुषतर्फ तीन विभागीय क्लबहरु ( त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ ) तथा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी हुनेछन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||