पुस २८, २०८२ मंगलबार | ०६:२५:२८
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

एनभिए खेल्ने खिल्जीको टिम घोषणा

काठमाडौं । खिल्जी युवा क्लबले नवौं एनभिए महिला तथा पुरुष च्याम्पियनसिप खेल्ने टोलीको घोषणा गरेको छ ।

नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गर्ने च्याम्पियनसिपमा कूल २० टिम सहभागी हुनेछन् । लिग यही पुस ११ देखि १९ गतेसम्म गर्दैछ । सबैखेलहरु त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछन् ।

अध्यक्ष विष्णु बेल्वासले १२ खेलाडीसहित १५ जनाको सूची एनभिएलाई बुझाएका छन् । नियमअनुसार टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ । तर, खिज्लीले नेपाली खेलाडीलाई विश्वास गरेको छ । विदेशी खेलाडी अनुबन्ध गरेको छैन । टोलीको प्रशिक्षकमा दुर्गा बहादुर खत्री, सहायक प्रशिक्षकमा निशान रोका तथा व्यवस्थापकमा बिष्णु बेल्वासे रहेका छन् ।

खिल्जीको खेलाडीमा नारायण थापा क्षेत्री, अनिश पाण्डे, उमेश थापा क्षेत्री, शेर बहादुर दर्लामी मगर, मिसन खड्का, तुसार क्षेत्री, मिलन सुनार, दिल बहादुर रावल, दिपक रेग्मी, संजय सुनार, करण नेपाली र लक्ष्मण सुनार रहेका छन् ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिम सहभागी हुने पक्का भएको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।

लिगमा गण्डकी प्रदेशले भने सहभागिता जनाउने छैन । यसअघि घरेलु प्रतियोगितामा कडा चुनौती दिँदै आएको गण्डकीले राष्ट्रिय टिम छनोटमा असहमती जनाउँदै लिग नखेल्ने निर्णय गरेको हो ।  पछिल्लो पटक नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कपमा खेल्यो । घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडी नसमेटिएपछि गण्डकीले असहमती जनाउँदै आएको छ ।

गण्डकी सहभागी नभएपछि पुरुषतर्फ तीन विभागीय क्लबहरु ( त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ ) तथा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी हुनेछन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।

खिल्जीको टिमः 
नारायण थापा क्षेत्री, अनिश पाण्डे, उमेश थापा क्षेत्री, शेर बहादुर दर्लामी मगर, मिसन खड्का, तुसार क्षेत्री, मिलन सुनार, दिल बहादुर रावल, दिपक रेग्मी, संजय सुनार, करण नेपाली, लक्षण सुनार

प्रशिक्षकः दुर्गा बहादुर खत्री
सहायक प्रशिक्षकः निशान रोका 
व्यवस्थापकः बिष्णु बेल्वासे 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||