चैत्र १४, २०८२ शनिबार | १७:१३:२१
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

पुलिस सोझो सेटमा विजयी

फाइल तस्विर ।

काठमाडौं ।  विभागीय टोली नेपाल पुलिस क्लबले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा बुधबार न्यु डायमन्ड स्पोर्टस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेल पुलिसले ५-१४, २५-२२, २५-१३ ले आफ्नो पक्षमा पार्यो ।

पाँच टिम सहभागी प्रतियोगिताको समूह ‘बी’ दुई टिम मात्र रहेकाले पुलिस विजेता र न्यु डायमन्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबारै सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई २५-२०, २५-१३, २५-१६ को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।

सो अवसरमा उषा भण्डारीलाई ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ सहित ५० हजार रुपैयाँबाट सम्मान गरिएको थियो । विदेशमा रहेकाले उषाको सम्मान आमाबुवाले ग्रहण गरे ।

यस्तै भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई पनि ५० हजार रुपैयाँसहित सम्मान गरियो । उनीहरूलाई सदस्यसचिव घिसिङ, प्रतिष्ठानकी संरक्षक गमली खड्का र प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो