चैत्र ७, २०८२ शनिबार | ००:२३:१६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल वैशाखमा, शेरबहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडी सम्मानित हुने

सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बायाँबाट प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, उपाध्यक्ष सिता खड्का, केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी वैशाखमा आठौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतिष्ठानले २०७२ सालबाट नियमित रुपमा गर्दै आएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा वैशाख १० देखि १३ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनका अवसरमा मुख्य प्रायोजकका रुपमा केएनपी नेरोलेक पेन्टसँग सम्झौता पनि गरिएको थियो । पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा प्रतियोगितालाई साथ दिँदै आएको केएनपी नेरोलेकका तर्फबाट कन्ट्री हेड मनोजकुमार मिश्र र आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानका तर्फबाट संरक्षक गमली खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि केएनपी नेरोलेकका कन्ट्री हेड मिश्रले पहिलो वर्षदेखि नै प्रतियोगितामा सहकार्य गर्दा आफूहरु निक्कै उत्साहित रहेको बताए । उनले नेपाली खेलकुदको श्रीवृद्धिका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै थपे, ‘यो प्रतियोगितामा सुरुदेखि हामीले मुख्य प्रायोजकको रुपमा सहयोग गरिरहेका छौं । भविश्यमा पनि यसले निरन्तरता पाउनेछ ।’

पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएअनुसार प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, न्यु डायमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लब गरि ६ टोलीको सहभागिता रहनेछ । विगतका वर्षमा तीन विभागीय टिम र न्यु डायमण्ड एकेडेमी गरि चार टोलीको सहभागितामा प्रतियोगिता हुने गरेको थियो ।

लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन  गरिनेछ । पहिलो चरणबाट दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सम्झौतापत्र आदानप्रदानका क्रममा केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र (बायाँ) नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र प्रतिष्ठानकी संरक्षक गमली खड्का । तस्बिरः खेलाडी

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताको भागमा २ लाख ५० हजार रुपैयाँ पर्नेछ । यसैगरी तेस्रो हुने टोलीलाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको सवोृत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई २५ हजार रुपैयाँका दरले प्रदान गरिनेछ  । यसैगरी प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पाउनेछन् ।

आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलाडी तथा टिमलाई प्रदान गरिने पुरस्कारमा कर कट्टा नगरिने जानकारी गराए । ५० लाख रुपैयाँको बजेट रहेको प्रतियोगितामा १३ लाख रुपैयाँ भन्दा बढि पुरस्कारमा खर्च हुने उनको भनाई थियो ।

सहभागी सबै खेलाडी, प्रशिक्षक, रेफ्री, अन्य प्राविधिकहरुको प्रतियोगिता सुरु हुनुभन्दा एक दिन अघिदेखि एक दिन पछिसम्मको बिमा पनि गरिएको अध्यक्ष खड्काले जानकारी गराए ।

अध्यक्ष खड्काका अनुसार प्रत्येक वर्षझै एक जना महिला राष्ट्रिय खेलाडीलाई शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरिने कार्यक्रमले यसपाली पनि निरन्तरता पाउनेछ । नेपाली महिला भलिबलमा विशेष योगदान गर्ने एक जना खेलाडीलाई प्रदान गरिने स्पेसल अवार्डबाट सम्मानित हुनेले नगद ५० हजार रुपैयाँसहित विभिन्न उपहारहरु पाउने अध्यक्ष खड्काले बताए ।

नेपाली घरेलु भलिबलमा सबभन्दा व्यवस्थित प्रतियोगिताका रुपमा स्थापित केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगिता पुरस्कारका दृष्टिले पनि देशको सबभन्दा राम्रो प्रतियोगिता रहेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

‘नेपाली भलिबलमा यो सबभन्दा राम्रो प्रतियोगिता हो । यसको पुरस्कार राशी संघले गर्ने एनभिए लिगको भन्दा पनि राम्रो छ,’ यस्तै प्रतियोगिताका कारण नेपालमा भलिबल व्यावसायिक बन्दै गएको तर्क गर्दै अध्यक्ष चन्दले पत्रकार सम्मेलनमा भने, ‘खेलाडीका लागि यो प्रतियोगिता निक्कै राम्रो छ । यसले खेलाडीलाई प्रोत्साहित गर्ने काममा ठूलो योगदान गरेको छ । पछिल्ला वर्षहरुमा नेपाली भलिबलले अन्तर्राष्ट्रिय जगतमा हासिल गरेका सफलताको आधार निर्माण गर्न पनि यो प्रतियोगिताको योगदान महत्वपूर्ण छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो