चैत्र ९, २०८२ सोमबार | १२:५२:५१
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

इरानको युवा टोलीलाई हराउँदै क्यालिकट हिरोज फाइनलमा

फाइल तस्विर

काठमाडौं । भारतको क्यालिकट हिरोज सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा क्यालिकटले इरानको यु-१८ टोलीलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

क्यालिकटले लिग चरणमा अपराजित रहेको इरानको युवा टोलीमाथि २१-२५, २५-२२, २५-२० र २६-२४ को पुनरागमन जित हासिल गर्यो ।

लिग चरणका चार खेलमा सात अंक जोडेको क्यालिकट तेस्रो स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको थियो । लिग चरणमा क्यालिकटले नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ र इरानको युवा टोलीसँग ३-० को सोझो सेटमा हार ब्यहोरेको थियो । त्यसपछि माल्दिभ्सको एचडिसीमाथि ३-१ को सेटमा विजयी हासिल गरेको क्यालिकटले अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो । इरानको युवा टोली भने एक खेल पनि नहार्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

क्यालिकटले शनिबार हेल्प नेपाल र एचडिसीबीचको विजेतासँग फाइनल खेल खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो