माघ २, २०८२ शुक्रबार | २२:२८:४५
एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि

हेल्प नेपाल र एचडिसीको विजयी सुरुआत

हेल्प नेपाल, तस्विरः राखेप ।

काठमाडौं । नेपालको हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सुखद् सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा हेल्प नेपालले भारतको क्यालिकट हिरोज र एचडिसीले नेपालको गण्डकी प्रदेशविरुद्ध जित निकाले ।

जितसँगै दुवै टोलीले दुई अंक जोड्दा पराजित टोलीको खातामा पनि एक अंक रह्यो ।

दिनको पहिलो खेलमा हेल्प नेपालले ३-२ सेटको रोमाञ्चक जित निकाल्यो । पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २०-२५ ले गुमायो ।

तेस्रो सेट २५-२२ ले जितेको हेल्प नेपालले चौथो सेट २६-२४ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पाँचौं तथा निर्णायक सेट १५-१० ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले सुखद सुरुआत गर्यो ।

दिनको दोस्रो तथा अन्तिम खेलमा एचडिसीले ३-२ सेटको रोमाञ्चक पुनरागमन जित निकाल्यो ।

सुरुआती दुई सेट १८-२५, २३-२५ ले गुमाएको एचडिसीले त्यसपछिका तीन सेट २५-२३, ३०-२८, १५-१३ ले आफ्नो पक्षमा पार्यो ।

आइतबार हेल्प नेपाल र गण्डकी तथा एचडिसी र इरानको यु-१८ टोली प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate