चैत्र १४, २०८२ शनिबार | ०९:००:२१
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

हेल्प नेपाल र एचडिसीको विजयी सुरुआत

हेल्प नेपाल, तस्विरः राखेप ।

काठमाडौं । नेपालको हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सुखद् सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा हेल्प नेपालले भारतको क्यालिकट हिरोज र एचडिसीले नेपालको गण्डकी प्रदेशविरुद्ध जित निकाले ।

जितसँगै दुवै टोलीले दुई अंक जोड्दा पराजित टोलीको खातामा पनि एक अंक रह्यो ।

दिनको पहिलो खेलमा हेल्प नेपालले ३-२ सेटको रोमाञ्चक जित निकाल्यो । पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २०-२५ ले गुमायो ।

तेस्रो सेट २५-२२ ले जितेको हेल्प नेपालले चौथो सेट २६-२४ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पाँचौं तथा निर्णायक सेट १५-१० ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले सुखद सुरुआत गर्यो ।

दिनको दोस्रो तथा अन्तिम खेलमा एचडिसीले ३-२ सेटको रोमाञ्चक पुनरागमन जित निकाल्यो ।

सुरुआती दुई सेट १८-२५, २३-२५ ले गुमाएको एचडिसीले त्यसपछिका तीन सेट २५-२३, ३०-२८, १५-१३ ले आफ्नो पक्षमा पार्यो ।

आइतबार हेल्प नेपाल र गण्डकी तथा एचडिसी र इरानको यु-१८ टोली प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो