काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को आफ्नो अन्तिम खेलमा गण्डकी थन्डर्सले मधेश युनाइटेडविरुद्ध ३-० को सोझो सेटको जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गण्डकीले खेल २१-१६, २५-१९ २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै पाँच खेलमा ६ अंक जोडेको गण्डकीले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको । यसअघि चितवन शक्ति र काठमाडौं स्पाइकर्ससँग समान ३-१ तथा कर्णाली यश्विससँग ३-२ को सेटमा पराजय ब्यहोरेको गण्डकीले ललिपुर क्विन्सलाई ३-२ को सेटमा हराएको थियो ।
पाँचौं खेलमा पराजित मधेश अंकविहिन रह्यो । मधेश यसअघि कर्णाली यश्विज, ललितपुर, चितवन र काठमाडौंसँग समान ३-१ सेटमा पराजित भएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
