माघ १५, २०८१ मंगलबार | ०७:५६:१७
भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान रोमाञ्चक जित निकाल्दै जनकपुर उपाधि नजिक रोमाञ्चक सडन डेथमा मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा ललितले डिसिए धनगढीबाट अर्जुन ट्रफी खेल्ने भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान रोमाञ्चक जित निकाल्दै जनकपुर उपाधि नजिक रोमाञ्चक सडन डेथमा मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा ललितले डिसिए धनगढीबाट अर्जुन ट्रफी खेल्ने

टर्कीकी एरोक्टे काठमाडौंमा अनुबन्ध

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीका रूपमा टर्कीकी पेलिन एरोक्टेलाई अनुबन्ध गरेको छ ।

काठमाडौंले यसअघि बुल्गेरियन सेटर एन्ड्रिया  स्भेतानोभालाई भित्र्याएको थियो ।

अपोजिट हिटर एरोक्टेसँग विभिन्न उमेर समूहबाट टर्कीको प्रतिनिधित्व गरेको अनुभव छ । उनले यु-१६ देखि २१ बाट टर्कीका लागि युरोपियन च्याम्पियनसिप खेलेकी छन् । यसैगरी एरोक्टेले टर्कीको यु-१९ टोलीबाट विश्व च्याम्पियनसिपको अनुभव पनि लिइसकेी छन् ।

२० वर्षीय एरोक्टे टर्किस लिगको चर्चित अनुहार हुन् । उनले सिग्रोटा सोप, बेसिक्टास आयोस जस्ता क्लबबाट लिग खेलेकी छन् ।

नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौंले जगदिश भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।

काठमाडौंले उद्घाटन खेलमा ललितपुर क्विन्सको सामना गर्नेछ ।

काठमाडौंको टोली
उषा भण्डारी (मार्की), आरती सुवेदी, कोपिला राना, कमला पुन, उषा विष्ट, निशा महर  वसन्ती साउद, रश्मिता दुरा, रितिका भट्ट (ट्यालेन्ट हन्ट), एन्ड्रिया स्भेतानोभा (बुल्गेरिया), पेलिन एरोक्ट( टर्की)


भिडियो
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC
Npc X Army POST MATCH CONFRENCE II Usha Nath Goal Keeper ,NPC
NPC VS TAFC POST MATCH CONFRENCE II BHOLA NATH SILWAL Head Coach , NPC
छोटो समयमा छोटो तयारी हुँदा टिम सेट गर्नै गार्हो भयो : Mahesh shrestha | | Head Coach, Friends Club
हाम्रो टोलीमा Clearity छ : Jeevan Sinkeman , COACH NRT