चैत्र ८, २०८२ आइतबार | ०४:२२:४०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपाल फाइनलमा, उपाधिका लागि भारतको सामना गर्ने

काठमाडौं । इरानविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्दै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) महिला नेशन्स लिगको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार नेपालले खेल २५-२१, २८-२६, २५-२० ले आफ्नो पक्षमा पर्यो ।

पहिलो सेटमा १-५ ले पछि परेको स्थितीबाट नेपालले लगातार पाँच अंक जोडेको थियो ।

दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । एक समय १५-९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१-२४ ले पछि परेको थियो । तर लगातार तीन सेट प्वाइन्ट बचाउँदै नेपाल खेलमा फर्कियो ।

तेस्रो सेटमा ११-१४ को स्थितीबाट नेपालले लगातार चार अंक जोड्दै अग्रता लिएको थियो । 

नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । लिग चरणको खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

यसैगरी नेपालले लिग चरणमा श्रीलंका र माल्दिभ्सलाई समान ३-० र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

यता भारतसँग ३-१ को सेटमा पराजय ब्यहोरेको इरानले श्रीलंकालाई ३-२ तथा माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ । मंगलबार नै सम्पन्न पहिलो सेमिफाइनलमा भारतले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो ।

इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो