माघ ११, २०८२ आइतबार | ११:४५:२९
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

नेपाल फाइनलमा, उपाधिका लागि भारतको सामना गर्ने

काठमाडौं । इरानविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्दै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) महिला नेशन्स लिगको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार नेपालले खेल २५-२१, २८-२६, २५-२० ले आफ्नो पक्षमा पर्यो ।

पहिलो सेटमा १-५ ले पछि परेको स्थितीबाट नेपालले लगातार पाँच अंक जोडेको थियो ।

दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । एक समय १५-९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१-२४ ले पछि परेको थियो । तर लगातार तीन सेट प्वाइन्ट बचाउँदै नेपाल खेलमा फर्कियो ।

तेस्रो सेटमा ११-१४ को स्थितीबाट नेपालले लगातार चार अंक जोड्दै अग्रता लिएको थियो । 

नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । लिग चरणको खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

यसैगरी नेपालले लिग चरणमा श्रीलंका र माल्दिभ्सलाई समान ३-० र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

यता भारतसँग ३-१ को सेटमा पराजय ब्यहोरेको इरानले श्रीलंकालाई ३-२ तथा माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ । मंगलबार नै सम्पन्न पहिलो सेमिफाइनलमा भारतले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो ।

इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate