चैत्र १२, २०८२ बिहीबार | १५:२०:३३
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

भुटान जाने बिच भलिबल टोलीको बिदाइ

काठमाडौं । नेपालको पुरुष र महिला टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिने भएको छ ।

प्रतियोगिता थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । महिलामा कमला पुन र मनीषा चौधरी तथा पुरुषमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीको प्रशिक्षकमा रुपेश विष्ट छन् । नेपाली टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्यसचिव अन्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए ।

नेपालले प्रतियोगितामा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् । 

नेपालले दुई वर्ष अगाडि बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ मानबहादुर र दिलबहादुर तथा महिलामा कोपिला उप्रेती र कमलाको जोडीले नेपाललाई रजत पदक दिलाएका थिए । यस पटक कोपिलाको स्थानमा मनीषा छिन् ।

प्रयितोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टिमको सहभागिता रहनेछ । पुरुषमा नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् । नेपालका बाहेक अन्य राष्ट्रबाट दुई टोली छन् ।

महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली सोमबार भुटान जानेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो