माघ १५, २०८२ बिहीबार | १३:१४:११
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भुटान जाने बिच भलिबल टोलीको बिदाइ

काठमाडौं । नेपालको पुरुष र महिला टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिने भएको छ ।

प्रतियोगिता थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । महिलामा कमला पुन र मनीषा चौधरी तथा पुरुषमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीको प्रशिक्षकमा रुपेश विष्ट छन् । नेपाली टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्यसचिव अन्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए ।

नेपालले प्रतियोगितामा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् । 

नेपालले दुई वर्ष अगाडि बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ मानबहादुर र दिलबहादुर तथा महिलामा कोपिला उप्रेती र कमलाको जोडीले नेपाललाई रजत पदक दिलाएका थिए । यस पटक कोपिलाको स्थानमा मनीषा छिन् ।

प्रयितोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टिमको सहभागिता रहनेछ । पुरुषमा नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् । नेपालका बाहेक अन्य राष्ट्रबाट दुई टोली छन् ।

महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली सोमबार भुटान जानेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।