सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल

मधेशविरुद्ध बागमतीको पुनरागमन जित

काठमाडौं । बागमती प्रदेशले प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार बागमतीले मधेश प्रदेशविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो । पहिलो सेट २३-२५ ले गुमाएको बागमतीले त्यसपछिका तीन खेट २५-१७, २५- २२, २५-१७ ले आफ्नो पक्षमा पार्यो ।

यसैगरी पुरुषतर्फ नै आइतबार लुम्बिनी र कोशी प्रदेश भिड्दै छन् ।

सहाना प्रधान फाउण्डेसनको आयोजना र नेपाल भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा महिलातर्फ लुम्बिनीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । लुम्बिनीले खेल २५-१४, २५-१२, २५-१३ ले आफ्नो पक्षमा पार्यो।