माघ १९, २०८२ सोमबार | ०४:०१:२४
वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’

जितका बाबजुद आर्मी बाहिरियो, गण्डकी सेमिफाइनलमा

काठमडौं । घरेलु टोली गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गरेपनि विभागीय टोली त्रिभुवन आर्मी क्लब टाइगर कप भलिबल प्रतियोगिताकाे चौथो संस्करणमा समूह चरणबाटै बाहिरिएको छ  ।

पोखरा रंशालास्थित कोर्टमा बिहीबार सम्पन्न खेलको पहिलो सेट आर्मीले २५-२० ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई दुई सेट २५-२० र २५-१७ ले जित्दै गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको थियो । आर्मीले चौथो र पाँचौं  सेटमा २५-२१ र १५-६ को जित निकाल्याे । 

पहिलो जित निकालेको समूह ‘ए’ को आर्मीले दुई खेलमा दुई अंक जोड्यो । हारका बाबजुद दुई खेलमा तीन अंक जोडेको साविक विजेता गण्डकीले भने उपिवजेताका हैसियतले सेमिफाइनलको यात्रा तय गरेको छ ।

यो नतिजासँगै दुई खेलमा चार अंक जोडेको हेल्प नेपाल स्पोर्टस क्लबले समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो । पहिलो खेलमा आर्मी हेल्प नेपालसँग पराजित हुँदा गण्डकीले भने हेल्प नेपाललाई हराएको थियो ।

यससँगै पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘बी’ बाट  नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीले सेमिफाइनलमा स्थान बनाएका थिए 

सेमिफाइनलमा एपिएफले गण्डकी तथा हेल्प नेपालले श्रीलंकन आर्मीको सामना गर्नेछन् ।

न्यु डायमन्ड र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

यसैगरी महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लब र एपिएफ भिड्ने भएका छन् ।  

न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-० को सोझो सेटमा जित निकालेको हो । खेल न्यु डायमन्डले २९-१९, २५-१८, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै आर्मीविरुद्ध दुई सेटले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागम गर्दै एपिएफले खेल ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

सुरुआती दुई सेट १९-२५ र २०-२५ ले गुमाएको एपिएफले त्यसपछिका दुई एपिएफले २५-१२ र २५-१६ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

पाँचौ तथा अन्तिम सेटमा १५-१३ को जित निकाल्दै एपिएफले फाइनलमा स्थान बनायो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।