फाल्गुन २८, २०८२ बिहीबार | ०८:५१:५६
कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस

जितका बाबजुद आर्मी बाहिरियो, गण्डकी सेमिफाइनलमा

काठमडौं । घरेलु टोली गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गरेपनि विभागीय टोली त्रिभुवन आर्मी क्लब टाइगर कप भलिबल प्रतियोगिताकाे चौथो संस्करणमा समूह चरणबाटै बाहिरिएको छ  ।

पोखरा रंशालास्थित कोर्टमा बिहीबार सम्पन्न खेलको पहिलो सेट आर्मीले २५-२० ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई दुई सेट २५-२० र २५-१७ ले जित्दै गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको थियो । आर्मीले चौथो र पाँचौं  सेटमा २५-२१ र १५-६ को जित निकाल्याे । 

पहिलो जित निकालेको समूह ‘ए’ को आर्मीले दुई खेलमा दुई अंक जोड्यो । हारका बाबजुद दुई खेलमा तीन अंक जोडेको साविक विजेता गण्डकीले भने उपिवजेताका हैसियतले सेमिफाइनलको यात्रा तय गरेको छ ।

यो नतिजासँगै दुई खेलमा चार अंक जोडेको हेल्प नेपाल स्पोर्टस क्लबले समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो । पहिलो खेलमा आर्मी हेल्प नेपालसँग पराजित हुँदा गण्डकीले भने हेल्प नेपाललाई हराएको थियो ।

यससँगै पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘बी’ बाट  नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीले सेमिफाइनलमा स्थान बनाएका थिए 

सेमिफाइनलमा एपिएफले गण्डकी तथा हेल्प नेपालले श्रीलंकन आर्मीको सामना गर्नेछन् ।

न्यु डायमन्ड र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

यसैगरी महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लब र एपिएफ भिड्ने भएका छन् ।  

न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-० को सोझो सेटमा जित निकालेको हो । खेल न्यु डायमन्डले २९-१९, २५-१८, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै आर्मीविरुद्ध दुई सेटले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागम गर्दै एपिएफले खेल ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

सुरुआती दुई सेट १९-२५ र २०-२५ ले गुमाएको एपिएफले त्यसपछिका दुई एपिएफले २५-१२ र २५-१६ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

पाँचौ तथा अन्तिम सेटमा १५-१३ को जित निकाल्दै एपिएफले फाइनलमा स्थान बनायो ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||