वैशाख २८, २०८२ आइतबार | १२:०४:०९
नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा

लामाचौर कप भलिबल प्रतियोगिताः न्यु डायमन्डको दोहोरो जित

पोखरा ।  लामाचाैर  कप राष्ट्रिय भलिबल  प्रतियोगितामा काठमाडौंको न्यु डायमन्ड युथ स्पोर्टस क्लबले महिलातर्फ दोहारो जित निकालेको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा पोखराको लामाचौरमा भई रहेको प्रतियोगिताको दोस्रो दिन शनिबार न्यु डायमन्डले बुटवलको न्यु एभरेस्ट भलिबल क्लब र विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गरेको हो ।

पहिलो खेलमा न्यु डायमन्डले एभरेस्टलाई २५-११, २५-१५,२५-१६ को सोझो सेटमा पराजित गरेको थियाे ।

यसैगरी न्यु डायमान्डने निकै रोमाञ्चक बनेको खेलमा एपिएफमाथि ३-२ सेटको जित निकाल्यो । पहिलो दुई सेट २५-२० र २५-१८ ले आफ्नो पक्षमा पारेको न्यु डायमान्ड त्यसपछिका दुई सेट १८-२५ र २२-२५ ले गुमायो ।

पाँचौं तथा अन्तिम सेट १५- ५ ले आफ्नो पक्षमा पार्दै न्यु डायमन्डले दोहोरो जित निकालेको हो । महिलातर्फकै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले एभरेस्टमाथि २५-१८, २५-१८ र २५-२० को  सोझो सेटमा जित निकाल्यो ।

शनिबार नै भएको पुरुषतर्फ विभागिय डर्वीमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्यो । पुलिसले खेल २३-२५, २५-२२, २५-२०, २३-२५ र १५-१३ ले आफ्नो पक्षमा पारेको थियो ।

अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबल क्लबले बागलुङ गलकोट स्पोर्टस क्लबलाई २५-२३, २९-२७ र २५-२० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको उद्घाटन नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले गरेका थिए ।

 आइतबार  पाँच खेलहरु हुनेछन् । शुक्रबार भएको लिग चरणको खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले समान एक जित र हारको नतिजा निकालेको थियो । पुरुषतर्फका केही खेल शुक्रबार भएका थिए । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको अवसरमा महिलातर्फका खेल भने शनिबार देखि सुरु भएको हो ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा असोज १ गते सम्म हुने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ चार टिमले भाग लिएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब बुटवल र गल्कोट स्पोर्टस क्लब बाग्लुङले प्रतिस्पर्धा गर्नेछन् ।त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), न्यु डायमन्ड युथ स्पोर्टस क्लब र न्यु एभरेस्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताकाे महिला र पुरुषतर्फकाे विजेतालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसै उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP