चैत्र १७, २०८२ मंगलबार | १६:५९:३७
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा

किंग्स कप भलिबलः आयोजक किंग्स क्लब च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा सोमबार भएको फाइनलमा किंग्सले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो ।

किंग्सले खेल २५-२३,१८-२५,२५-१७ र २५-२३ ले आफ्नो पक्षमा पारेको हो । शनिबारका लागि तय भएको फाइनल वर्षाका कारण सोमबार मात्रै हुन सक्यो ।

च्याम्पियन किंग्सले ट्रफी, २ लाख २ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले ट्रफी १ लाख १ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पायो ।

संयुक्त रुपमा तेस्रो भएको नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले ट्रफी ७२ हजार ७ सय रुपैयाँ, र प्रमाणपत्र पाएका छन्  ।

विजेता किंग्स क्लबका कप्तान सन्जुविक्रम शाह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले ८ हजार रुपैया र ट्रफी प्राप्त गरे ।

किंग्सकै रेशम छन्त्याल उत्कृष्ट स्पाइकर, बलराम गुरुङ उत्कृष्ट सेटर, मनोज श्रेष्ठ उत्कृष्ट ब्लकर र अमृत केसी उत्कृष्ट प्रशिक्षक चुनिए । पुलिसका हरि थापा उत्कृष्ट सर्भर, नारायण सिन्जाली उत्कृष्ट लिवेरो र पहल गहतराज उदियमान खेलाडी चुनिएका छन् ।

व्यक्तिगत विधाका उत्कृष्ट हुनेले  समान ३ हजार रुपैयाँ प्राप्त गरे । 

विजयी टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, किंग्स क्लबका अध्यक्ष अञ्चल शाही लगायतले पुरस्कृत गरेका थिए ।  

२३ साउनबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो