चैत्र ४, २०८२ बुधबार | ०४:२६:०४
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

हजुरआमाको बुलाकी बेचेर कोर्ट छिरेका हेमन्तको भलिबल गाथा

काठमाडौं । आफ्नो जमानाका राष्ट्रिय भलिबल खेलाडी बन्ने सपना देख्थे लालबहादुर मल्ल । बजाङबाट क्षेत्रीय प्रतियोगिता खेल्नेक्रममा उनको खुट्टा भलिबल जालीमा पर्यो । अस्पताल पुग्दा खुट्टा भाँचिएको थाहा पाएका थिए । त्यस दिनदेखि लालबहादुरको राष्ट्रिय टोलीबाट खेल्ने सपना पूरा हुन सकेन । कोर्टमा फर्कन सक्ने उनको स्थिति रहेनन् ।

आफ्नो सपना पूरा नभए पनि सन्ततिलाई राष्ट्रिय खेलाडी बनाउने सपना भने देख्न भने छाडेका थिएनन् । छोरा हेमन्त मल्ल पनि भलिबलका सौखिन हुन् । घरको जल्दाबल्दा आफू नै थलिएपछि लालबहादुरले छोरा हेमन्तलाई राष्ट्रिय खेलाडी बनाउने सपना पूरा गर्न नसक्ने अवस्था देखे । आर्थिक अवस्था निकै कमजोर थियो । तर, नातिको सपना पूरा गर्न हजुरआमा देवादेवी भने तयार भइन् ।

नातिलाई खेलाडी बनाउन हजुरआमाले नाकको बुलाकी धितो राखिन् । लालबहादुरले बझाङ बजारमा आफ्नी आमाको बुलाकी बेचेर छोरा हेमन्तलाई जुत्ता किनिदिएका थिए । धनगढी पुग्न तथा खाना र बसोबासका लागि ४ हजार खर्च पनि दिए । हजुरआमाको बुलाकी बेचेरबाट किनेको जुत्ता लगाउँदै भलिबल कोर्ट छिरेका हेमन्तले आजका दिनमा राष्ट्रिय खेलाडी पहिचान बनाएका छन् । देशको प्रतिनिधित्व गर्दै देश, विदेशमा नाम  उच्च बनाएका छन् ।

बंगलादेश र किर्गिस्तानमा उनले राष्ट्रको प्रतिनिधित्व गरे । आफूलाई नेपाली भलिबलको एक प्रतिभावान अलराउन्डरको रूपमा स्थापित गरेका छन् । अबको चुनौती सिनियर खेलाडीलाई पछि पार्दै उनी आफू स्थापित हुनु रहेको छ । ‘मलाई अझै पनि याद छ । भलिबल खेल्ने सपना हुँदाहुँदै पनि बाबाको खुट्टा भाँचियो । आर्थिक स्थिति कमजोर थियो । हजुरआमाले नातिको सपना पूरा गर्नुपर्छ भनेर बुलाकी बाबालाई दिनुभएको थियो । अहिले बाबा र हजुरआमाको सपना पूरा गरेंजस्तो लाग्छ,’ हेमन्त विगत सम्झँदै हजुरआमा र बाबाको त्यो प्रेरणा सुनाउँछन् ।

भलिबल खेल्ने सपना हुँदाहुँदै पनि बाबाको खुट्टा भाँचियो । आर्थिक स्थिति कमजोर थियो । हजुरआमाले नातिको सपना पूरा गर्नुपर्छ भनेर बुलाकी बाबालाई दिनुभएको थियो । 

घरगाउँमा अग्लो कदको केटा सधैं भलिबल प्रतियोगिता खेल्दै आएको थियो । बावु क्षेत्रीय खेलाडी भएकाले हेमन्तले ६ वर्षकै उमेरमा भलिबल समात्न सुरु गरेका थिए । बाबासँग भलिबल शट हान्न सिके । पछि स्कुलस्तरीय खेल खेल्न थाले । नेपालगन्ज, दाङ र बाँकेमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाट खेल्न छनोट भए ।

उनले १८ वर्षको उमेरमा प्रदेशस्तरीय खेलकुद खेले । यही प्रतियोगिता खेल्न छनोट भएपछि हजुरआमाले बुलेकी बेचेर पैसा जोहो गरिदिएकी थिइन् । धनगढीमा पहिलो पटक जुत्ता लगाएर उनले भलिबल कोर्टमा प्रशिक्षण गर्ने मौका पाएका हुन् । त्यसअघि हरेक दिन खाली खुट्टा भलिबल कोर्टमा पुगेको अनुभव हेमन्तसँग छ ।

राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले हेमन्तको कौशल र भविष्य देखेका थिए । जसका कारण सुदूरपश्चिमको टोलीमा स्थान पाएका हुन् ।

हेमन्तका लागि आठौं खेलकुद उत्साहजनक भयो । २०७६ सालमा राष्ट्रपति रनिङ सिल्ड हुँदा पहिलो पटक काठमाडौं ओर्लिएका हुन् । लिटिल बुद्धबाट भलिबल प्रतियोगिता खेले । केन्द्रमा झरेका हेमन्तको खेलमा नजर पर्नेकोे संख्या बढेको थियो । काठमाडौंमा सहयोग गरेका कृष्ण बिकले विभागीय टोलीबाट खेल्न अनुरोध गरे ।

उनको मन नेपाल पुलिस क्लबबाट खेल्छु भन्ने थियो । तर, सशस्त्र प्रहरी बल (एपिएफ)मा अलराउन्डर नभएको र त्यहाँ राम्रो अवसर हुनसक्ने कृष्णले सुझाए । एपिएफका पूर्वखेलाडी तथा प्रशिक्षक विजय केसी (हाल खेलकुद विभाग प्रमुख) सँग भेट भएपछि उनको एपिएफबाट खेल्ने पक्का भयो । हेमन्तले ६ वर्षयता एपिएफबाट खेल्दै आएका छन् ।

दुई वर्षदेखि जागिरे छन् । ‘राष्ट्रिय खेलकुदपछि काठमाडौंमा राष्ट्रपति रनिङ सिल्ड खेलेको हुँ । यसपछि जागिरे भएर घर फर्किएँ । एपिएफबाट खेल्ने अवसर पाएँ । राष्ट्रपति रनिङ सिल्डमा राम्रो गर्दा एपिएफबाट खेल्ने ढोका खुले जस्तो लाग्छ,’ खुसी हुँदै हेमन्त सुनाउँछन् ।

पछिल्लो वर्षहरूमा एपिएफमा राम्रो अवसर नपाए पनि बंगलादेशमा भएको काभा यु–२३ प्रतियोगिता र किर्गिस्तानमा भएको काभा च्यालेन्ज कप खेलेपछि हेमन्तको प्रदर्शन स्तर नै फेरिएको छ । अब भने पछाडि सायद फर्कनुपर्दैन ।

एक भलिबल खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण हेमन्तमा छ । अनुशासित भएकाले नै उसलाई पछाडि फर्कनुपर्दैन । 

‘एक भलिबल खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण हेमन्तमा छ । अनुशासित भएकाले नै उसलाई पछाडि फर्कनुपर्दैन । उनले यु–२३ र सिनियर टोलीमा जुन प्रदर्शन गरेका छन् । यसले हेमन्त लामो दौडको घोडा हो भन्ने जनाएको छ,’ राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्ट हेमन्तको बारेमा भन्छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सातौं प्रधानमन्त्री कप एनभिए क्लब लिग भलिबल सम्पन्न भएको छ । हेमन्तले उत्कृष्ट प्रदर्शनसँगै एपिएफले विभागीय टोलीहरू र हेल्प नेपाललाई राम्रो चुनौती दिएको थियो ।

प्रतियोगितामा हेमन्तको प्रदर्शन उच्चस्तरको रहेको प्रशिक्षक भट्ट बताउँछन् । ‘अहिले भएका खेलाडीमा मिहिनेती, स्तरीय, तीव्र गति र शारीरिक रूपमा हेमन्त बलियो छन् । उनको जुन आत्मबल र विश्वास छ, त्यसले अब्बल रहेको साबित भएको छ । पाँच सेट नै खेल्न सक्ने अवस्थाका छन् । सुरुबाट अन्त्यसम्म उस्तै खेल छ । टेक्निकल र ट्याक्टिकल राम्रो छ,’ २३ वर्षीय हेमन्तको बलियो पक्षबारे प्रशिक्षक भट्टको बुझाइ छ ।

यो बायाँहाते खेलाडी अहिले स्पाइकमात्रै खेल्छन् । पछिल्ला दिनमा नेपालको राम्रो सेटर विकल्प हुनसक्छ ।

प्रशिक्षक भट्टले हेमन्त झन्डै १५ वर्ष नेपाली भलिबललाई धान्न सक्ने खेलाडी रहेको तर्क गर्छन् । तर, त्यसका लागि हेमन्तले आफ्नो भूमिका फेर्दै सेटरमा पुग्नुपर्ने उनको ठम्याइ छ । ‘यो बायाँहाते खेलाडी अहिले स्पाइकमात्रै खेल्छन् । पछिल्ला दिनमा नेपालको राम्रो सेटर विकल्प हुनसक्छ । २–३ वर्ष स्पाइक खेलेर सेटरमा आफूलाई परिवर्तन गर्नुपर्छ, उसले  देशका १५ वर्ष खेल्न सक्छ । हामीले भलिबललाई राम्रो बनाउन यस्ता युवा खेलाडीलाई अगाडि बढाउनुपर्छ,’ हेमन्तको क्षमता चिनेका प्रशिक्षक भट्ट सुनाउँछन् ।

६.१ इन्च अग्लो कदका खेलाडीले किर्गिस्तानविरुद्ध २३ वर्षको उमेर डेब्यू अवसर पाएका हुन् । प्रशिक्षक भट्टले पहिलो सेटमै खेलाएका थिए । यो दिन हेमन्तले आफ्नोसहित बुवा र हजुरआमाको सपना पूरा भएको मानेका थिए । ‘डेब्युपछि घरमा फोन भयो । बाबाममी, हजुरआमा, दुई बहिनी र एक भाइसँग गफ भयो । सबैजना मेरो उपलब्धिमा खुसी थिए । आखिर घरपरिवार सबैले यही चाहना राख्नुभएको थियो । अब एकदिन हजुरआमाको त्यो बुलाकीको ऋण तिर्नु छ । तर, त्यसका लागि आफूलाई अझै सुधार गर्छु,’  हेमन्त भावुक सुनिए । 
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH