चैत्र १८, २०८२ बुधबार | ०७:४१:२६
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण

हेटौंडा । काठमाडौं र चितवनले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत भलिबलमा स्वर्ण जितेका छन् ।

काठमाडौंले महिला तथा चितवनले पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।

हेटौंडास्थित हुप्राचौर खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा काठमाडौंले दोलखालाई २५-५,२५-६ र २५-१२ ले हरायो ।

चितवनले फाइनलमा धादिङमाथि २५-१७, २२-२५, २८-२६ र २५-१८ को जित निकाल्यो ।  

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । पुरुषमा काठमाडौंले सिन्धुलीलाई २-१ ले तथा महिलामा चितवनले धादिङलाई २-० ले हराउँदै कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलातर्फ काठमाडौंकी सलिना बुढा मगर  सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।

पुरुषतर्फ विधागत उत्कृष्टमा चितवनका मनोज श्रेष्ठ स्पाइकर, मञ्जिल गुरुङ सेटर, चितवनका सुरेश महतो ब्लकर, समिर थापा  लिबेरो तथा धादिङका अमन आले सर्भर चुनिए । चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए ।

महिलाको विधागत उत्कृष्टमा चितवनकी आरती सुवेदी, स्पाइकर, काठमाडौंका भावना तमाङ सेटर, सुमित्रा रेग्मी  ब्लकर, एन्जिला प्रधान लिबेरो र निशा महर सर्भर चुनिए ।  काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो