माघ १७, २०८२ शनिबार | १९:०८:५७
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण

हेटौंडा । काठमाडौं र चितवनले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत भलिबलमा स्वर्ण जितेका छन् ।

काठमाडौंले महिला तथा चितवनले पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।

हेटौंडास्थित हुप्राचौर खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा काठमाडौंले दोलखालाई २५-५,२५-६ र २५-१२ ले हरायो ।

चितवनले फाइनलमा धादिङमाथि २५-१७, २२-२५, २८-२६ र २५-१८ को जित निकाल्यो ।  

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । पुरुषमा काठमाडौंले सिन्धुलीलाई २-१ ले तथा महिलामा चितवनले धादिङलाई २-० ले हराउँदै कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलातर्फ काठमाडौंकी सलिना बुढा मगर  सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।

पुरुषतर्फ विधागत उत्कृष्टमा चितवनका मनोज श्रेष्ठ स्पाइकर, मञ्जिल गुरुङ सेटर, चितवनका सुरेश महतो ब्लकर, समिर थापा  लिबेरो तथा धादिङका अमन आले सर्भर चुनिए । चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए ।

महिलाको विधागत उत्कृष्टमा चितवनकी आरती सुवेदी, स्पाइकर, काठमाडौंका भावना तमाङ सेटर, सुमित्रा रेग्मी  ब्लकर, एन्जिला प्रधान लिबेरो र निशा महर सर्भर चुनिए ।  काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।