चैत्र ६, २०८२ शुक्रबार | ०२:२७:००
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

महिला भलिबलकी भविष्य उषा

काठमाडौं । नेपाली खेल वृत्तमा यस्ता अभिभावक कमै देख्न पाइन्छ जसले आफ्नो सन्तान खेलकुदमा लागोस भन्ने चाहन्छन् र उनीहरुलाई खेलकुदमा लाग्ने हैसला र प्रोत्साहन प्रदान गर्छन् ।

अहिले नेपाली भलिबलको उचाइ चुमिरहेकी उषा भण्डारी भने यस मालमलामा भग्यमानी छिन् । उनी परिवारको साथ र सहयोगले नै यो खेलमा लागेकी हुन् । उषाको यो यात्रामा दरिलो खम्बा बनेर उभिएका छन् , बुबा गजेन्द्र भण्डारी ।

अहिले पनि उषासँग बुबा गजेन्द्रसँगै परिवारको त्यो जमात छ, जसले छोरीको खेल जीवन सफल होस भनेर दिनरात लागिरहेको हुन्छ । त्यसैले पनि उषा भन्छिन्, ‘मेरो लागि त परिवार नै सबथोक ।’

१८ वर्षीय उषा सुन्दर छिन् उनी । मन्द मुस्कान गज्जब छ । उनी नेपाली महिला भलिबलमा ग्ल्यामर भित्राउन पनि उत्तिकै सक्षम छिन् । खेल क्षेत्रलाई यो चाहिन्छ पनि । उषा परिवारको मात्र नभएर भलिबलकी पनि कान्छी  हुन् । कसैले मायाले कान्छी भन्दा मख्ख उनी पर्छिन् । हल्का पुलपुलिएर हुर्केकी थिइन्, परिवारको एउटै इच्छा थियो, आफ्ना यिनै छोरीले खेलेर देशको नाम राखोस । अब कोही खेलाडीले यो भन्दा बढी के नै चाहन्छन् ?

तनहुंकी उषा पुलिसबाट खेलिन्छन् र पुलिसले पछिल्लो समय प्राप्त गरेका सफलतामा उनी एक प्रमुख खेलाडी हुन् । ओपन स्पाइकरको भूमिकामा खेल्छिन् ।  पाँच फिट सात इञ्च भन्दा केही अग्ली उषाको ‘जम्प’ पनि गज्जब छ ।  एक प्रकारले उनी अलराउन्डर खेलाडी हुन् ।

अहिले उषाको चर्चा गर्नुको कारण हो उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेफ स्पोर्टस अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीमा मनोनयन गर्नु ।

मनोनयनमा पर्ने अन्य खेलाडीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवान लामा रहेका छन् ।

जती बेला यसबारे उनले पहिलो पल्ट जानकारी पाइन् त्यती बेल उनी घरमा आराम गरिरहेकी थिइन् । लाग्यो, सपना हो । अझै लाग्छ, यो सपना नै हो । तर उनलाई के पनि थाहा छ भने उनले सपना देखेकी पनि थिइन्, कुनै दिन यो अवार्डको मनोनयनमा पर्ने । उनी भन्छिन्, ‘यो होडमा नेपाली भलिबल, यसका प्रशंसक र अनि पुलिस परिवार उनको साथमा हुनेछ नै ।’


पिपुल्स च्वाइस अवार्डको इतिहासलाई हेर्ने हो भने पनि खेलप्रमीबाट भलिबले राम्रो माया पाएको छ । विसं २०६५ बाट सुरु भएको यो विधामा हालसम्म १२ खेलाडी विजेता बनेका छन् र त्यसको ५० प्रतिशत अर्थात ६ खेलाडी भलिबलका हुन् त्यो पनि सबै महिला ।

यसअघि भलिबल मञ्जु गुरुङ (२०६५), सिपोरा गुरुङ (२०६७), रमिला तण्डुकार (२०६८), सदस्वती चौधारी (२०७०), रेश्म भण्डारी( २०७५) र अरुणा शाही (२०७६) ले यो अवार्ड जितिसकेका छन् । त्यसैले पनि उषा पनि आपूmले यस्तै साथ पाउनेमा आशावादी छिन्।

सानोमा उनको रूचि अरू मै खेलमा थियो, बुबाले भलिबलमै डोहोर्याए । बुबालाई लागेको थियो, यो खेलमा उनको भविष्य छ । नभन्दै उनी सन् २०१९ मा  राष्ट्रिय टोलीमा परिन् । अवसर थियो, १३ औं दक्षिण एसियाली खेलकुद । उनी भर्खर १४ वर्षकी थिइन् । त्यही  उमेरमा उनले ऐतिहासिक रजत पदक जितिन् ।

सन् २०२१ यता त राष्ट्रिय टोलीकी नियमित सदस्य भएकी उनले आफूलाई महत्वपूर्ण खेलाडीको रुपमा स्थापित गराई सकेकी छन् । पुलिसलाई च्याम्पियन बनाउनको उनको योगदानबारे त चर्चा गरिसाध्य छैन ।

सन् २०१९ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल च्याम्पियन हुँदा  उषा त्यसकी प्रमुख सदस्य थिइन् । नेपाली महिला भलिबल वृत्तमा उनीबारे चर्चा छेडिनु पर्छ, सुन्न पाइन्छ, ‘उनी यो खेलमा ‘लामो रेसका घोडा’ हुन । उनले अझै लामो समय खेल्न सक्छिन्, अझ उनीबाट राष्ट्रिय टोलीमा कुनै न कुनै दिन कप्तानको पनि अपेक्षा गर्न सकिन्छ । साँच्चै नेपाली भलिबलका लागि धेरै योगदान दिन सक्ने बाटोमा छिन्, उषा ।

माल्दिभ्समा व्यवसायिक भलिबल खेलेको पनि उनीसंग अब राम्रै अनुभव भइसकेको छ । माल्दिभ्समा उनी कति धेरै लोकप्रिय छिन् भने उनको नाम लिएर समर्थकहरू खुसीले झुम्ने गर्छन् । केही बेर उनीसंग भलाकुसारी गर्नु पर्छ, साहै मिजासिला देखिन्छिन् ।  उनी भन्छिन्, ‘मन मिल्नेसंग साह्रै नजिकिने बानी पनि छ ।’

उषा आफ्ना आमा बुबाको सबैभन्दा नजिक छिन् नै, अचेल भलिबललाई आफ्नो पहिलो प्रेम पनि मान्छिन् । धेरै भन्दा धेरै मत दिएर पिपुल्स च्वाइस अवार्डमा उनलाई विजेता बनाउने काम खेलप्रेमीकै हो ।

पिपुल्स च्वाइस अवाडमा ई(सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक लाइकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने)  र  राष्ट्रिय प्रशिक्षक तथा खेल पत्रकारको मतभार समान १२.५ प्रतिशत हुनेछ । यसैको आधारमा फागुन २३ मा पल्सर स्पोर्टस अवार्डको दिन विजेता घोषणा गरिनेछ ।  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो