काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले काम्बोडियमा हुने प्रतियोगिता र हाइ पर्फमेन्स तालिममा सहभागिता जनाउने भएकी छन् । त्यसका लागि उनी सोमबार कम्बोडिया जाँदै छिन् ।
शिभाली पहिले सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने एटिएफ यु-१४ हाइ पर्फमेन्स तालिममा सहभागी हुने छिन् ।
त्यसपछि उनले जिएसपिडीपी एसियन यु-१४ जुनियर टेनिस प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । प्रतियोगिता सेप्टम्बर ९ देखि १३ तारिखसम्म हुनेछ ।
अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) र एसियाली टेनिस महासंघ (एटिएफ) को स्वीकृतिमा हुन लागेको प्रतियोगिता र तालिम कम्बोडियाको टेनिस संघले आयोजना गर्न लागेको हो ।
शिभालीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले सफलताको शुभकामना दिदै आइतबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बिदाइ गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
