काठमाडौं । नेपाल-चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा प्रथम सिएचआइटिएफ एसियन तेक्वान्दो प्रतियोगिता हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मलेनमार्फत जेठ ११ देखि १३ गतेसम्म हुन जानकारी दियो ।
प्रतियोगितामा नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५०० खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र ११६ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । शीर्ष तीनमा रहनेले ट्रफी प्राप्त गर्नेछन् ।
आयोजकले प्रतियोगिताका सातदोबाटोस्थित कराते हलमा हुने जानकारी दियो ।
प्रतियोगितामा समावेश विधा र समूह
सिंगल स्पाइरिंगः
जुनियर तौल समूह (कलर बेल्ट)
पुरुषः २० केजी मुनि, २१-२६, २७-३२, ३३-३८, ३९-४४, ४५-५०, ५१-५६, ५७-६२, ६३-६८, ६९-७४, ७४ केजीभन्दा माथि,
महिलाः २० केजी मुनि, २१-२६, २७–३२, ३३-३८, ३९-४४, ४५५०, ५१-५६, ५७-६२, ६२ किलोभन्दा माथि ।
सिनियर तौल समूह (ब्ल्याक बेल्ट)
पुरुषः ४४ केजी मुनि, ४५-५०, ५१-५६, ५७-६२, ६३–६८, ६९-७४, ७५-८० र ८० केजी माथि,
महिलाः ३८ केजी मुनि, ३९-४४, ४५-५०, ५१–५६, ५७-६२, ६३-६८, ६९-७४ र ७४ केजी माथि ।
एकल काता
पुरुषः एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डन),
महिलाः एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डन)।
समूह काता
पुरुष: सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट),
महिला:सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) ।