माघ १७, २०८२ शनिबार | ०९:५२:५८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

आधारभुत पौडी प्रशिक्षक तालिम सुरु

तालिममा सहभागी ।

काठमाडौं । नेपाल पौडी संघले पौडी प्रशिक्षकका लागि आधारभूत प्रशिक्षण तालिम गरेको छ ।

सातदोबाटोस्थित पौैडी पोखरीमा मंगलबार सुरु भएको तालिम शनिबारसम्म चल्ने संघले जनाएको छ ।

तालिमको संघका नवनिर्वाचित अध्यक्ष जगतमान श्रेष्ठले एक समारोहका बीच उदघाटन गरे । उनले नेपालमा पौडी प्रशिक्षकको अभाव खट्किन नदिनका लागि यस्तो कार्यक्रम सुरु गरेको बताए ।

‘अर्को वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुने छैन । हामी सुरुमा इच्छुक युवाहरुलाई आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम दिनेछौं । त्यसपछि आवश्यकताअनुसार एड्भान्स कोर्सहरु पनि सञ्चालन गर्नेछौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘कुनै पनि खेलको विकासका लागि प्राविधिक जनशक्ति पहिलो आवश्यकता हो । सिकाउने मान्छे नै भएन भने नयाँ पुश्ताबाट पौडीमा मानिस कसरी आउलान ।’

तालिमको उद्घाटनपछि आफ्ना धारणा राख्दै नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ । 

तालिमबाट दक्ष प्रशिक्षक उत्पादन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले यहाँबाट निस्कने प्रशिक्षकको अगुवाईमा नेपाली पौडीले नयाँ गति लिने अपेक्षा गरे । उनले पौडीमार्फत रोजगारी सिर्जना गर्नका लागि पनि यस्तो तालिम उपयोगी हुने विश्वास राखे ।

तालिममा २५ जना प्रशिक्षार्थी सहभागी छन् । यस्तै तालिम यो वर्षभित्र थप पाँच वटा गर्ने बताइएको छ । संघका प्रवक्ता उमेश प्रधानका अनुसार यही भदौको अन्तिमबाट कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा तालिम सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषदसँग स्वीकृति लिइसकेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।