चैत्र ३, २०८२ मंगलबार | १४:१८:१६
सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग

आधारभुत पौडी प्रशिक्षक तालिम सुरु

तालिममा सहभागी ।

काठमाडौं । नेपाल पौडी संघले पौडी प्रशिक्षकका लागि आधारभूत प्रशिक्षण तालिम गरेको छ ।

सातदोबाटोस्थित पौैडी पोखरीमा मंगलबार सुरु भएको तालिम शनिबारसम्म चल्ने संघले जनाएको छ ।

तालिमको संघका नवनिर्वाचित अध्यक्ष जगतमान श्रेष्ठले एक समारोहका बीच उदघाटन गरे । उनले नेपालमा पौडी प्रशिक्षकको अभाव खट्किन नदिनका लागि यस्तो कार्यक्रम सुरु गरेको बताए ।

‘अर्को वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुने छैन । हामी सुरुमा इच्छुक युवाहरुलाई आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम दिनेछौं । त्यसपछि आवश्यकताअनुसार एड्भान्स कोर्सहरु पनि सञ्चालन गर्नेछौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘कुनै पनि खेलको विकासका लागि प्राविधिक जनशक्ति पहिलो आवश्यकता हो । सिकाउने मान्छे नै भएन भने नयाँ पुश्ताबाट पौडीमा मानिस कसरी आउलान ।’

तालिमको उद्घाटनपछि आफ्ना धारणा राख्दै नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ । 

तालिमबाट दक्ष प्रशिक्षक उत्पादन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले यहाँबाट निस्कने प्रशिक्षकको अगुवाईमा नेपाली पौडीले नयाँ गति लिने अपेक्षा गरे । उनले पौडीमार्फत रोजगारी सिर्जना गर्नका लागि पनि यस्तो तालिम उपयोगी हुने विश्वास राखे ।

तालिममा २५ जना प्रशिक्षार्थी सहभागी छन् । यस्तै तालिम यो वर्षभित्र थप पाँच वटा गर्ने बताइएको छ । संघका प्रवक्ता उमेश प्रधानका अनुसार यही भदौको अन्तिमबाट कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा तालिम सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषदसँग स्वीकृति लिइसकेको छ । 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने