चैत्र ८, २०८२ आइतबार | ०१:२१:४४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

तेजस्वी र बेल्मन्ट च्याम्पियन

प्रतियोगिताका च्याम्पियन लगायत ।

काठमाडौं । तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुल आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बिहीबार सम्पन्न प्रतियोगितामा तेजस्वी सिनियर ब्वाइज तथा बेल्मन्ट सिनियर गर्ल्समा पहिलो भए ।  

ल्यान्डमार्क एकेडेमीमा भएको ब्वाइज फाइनलमा तेजस्वीले गण्डकीलाई ४३-३० ले पराजित गर्यो । तेजस्वीका विराज गुरुङले १२ अंक जोडे ।

नवोदितले बेल्मन्टलाई २५-१३ ले हराउदै तेश्रो स्थान हासिल गर्यो ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३-११ ले हरायो । बेल्मन्टकी जेशिका गुरुङले सात अंक जोडिन् ।

ह्वाइट हेभेनले संस्कृति शिक्षा सदनमाथि १३-१२ को कठिन जित दर्ता गर्दै तेश्रो स्थान हात पार्यो।

सिनियर ब्वाइजमा तेजस्वीका दिपेन छन्त्याल तथा  गर्ल्समा बेल्मन्टकी समिक्षा पुनमगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा तेजस्वीका आयुश अधिकारी तथा गर्ल्समा ल्यान्डमार्ककी सगुनी देवकोटा प्रतियोगिताको सर्वाधिक स्कोरकर्ताको बने । आयुशले ५७ तथा सगुनी ३२ स्कोर गरे ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा, टप्सका अध्यक्ष भरतमणि पोखरेल, ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठ, टप्सका इसिए को-ओर्डिनेटर थिरबहादुर बस्नेतलगायते पुरस्कृत गरे ।

चार दिने प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा गर्ल्समा १० प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो