चैत्र ८, २०८२ आइतबार | १०:३९:१४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

अन्तरविद्यालय फुटबलः उद्घाटन खेलमा नेपालगन्ज सेन्ट जेभिर्यस र होप इन्टरनेसनल भिड्ने

सांकेतिक तस्विर ।

नेपालगन्ज । मेयर कप अन्तरविद्यालय जिल्लास्तरीय छात्र फुटबलको उद्घाटन खेलमा सबिक विजेता नेपालगन्ज सेन्ट जेभिर्यस र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा हुँदैछ । प्रतियोगितामा छात्रतर्फ २१ विद्यालयको सहभागिता छ ।

नेपालगन्ज रंगशालामा बिहिबार सार्वजनिक गरिएको  तालिका अनुसार समुह ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि, ब्राइटल्यान्ड मावि, ड्रिमल्यान्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल छन् ।

यसैगरी समुह ‘बी’ मा आदर्श मावि, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रिनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगल प्रसाद मावि, युनाइटेड र नेपालगन्ज मोडेल एकेडेमी  छन् । प्रतियोगिताको फाइनल  फागुन ३ गते हुनेछ ।

छात्रातर्फको प्रतिस्पर्धामा सहभागी हुने टिमको संख्या कम भएका कारण केहि दिन पछि खेल तालिका सार्वजनिक गरिने संघले जानकारी गराएको छ ।

हरेक वर्ष बाँके जिल्ला फुटबल संघले आयोजना गर्दै आएको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाँके जिल्लाको टिम तयारी पारिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए  ।

छात्रातर्फको प्रतियोगितालाई नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा स्थानीय टिमको लागि खेलाडी छनोटको रुपमा पनि लिइएको आयोजकले बताएको छ ।

मेयर कप फुटबल प्रतियोगिताले बाँकेमा हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गरिरहेको संघका अध्यक्ष  शाहीले बताए । ‘मेयर कप भनेको विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो । यस प्रतियोगितामा राम्रो खेल्ने खेलाडीले भविष्यमा व्यवसायिक फुटबलरको रुपमा आफुलाई अगाडी बढाउन सक्छन्,’ शाहीले भने ।

विद्यालय स्तरको खेलाडीलाई प्राथमिकतामा राखेका कारण १८ वर्षसम्मका खेलाडीले मात्र खेल्न पाउने आयोजकले नियम बनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो