फाल्गुन १२, २०८२ मंगलबार | १२:२५:५३
पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं

भारोत्तोलनमा नेपाल पुलिस १२ स्वर्णसहित च्याम्पियन

पोखरा । नेपाल पुलिस क्लबले १२ स्वर्ण पदक जित्दै नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको च्याम्पियन भएको छ ।

पोखरा उद्योग बाणिज्य संघको हलमा बुधबार सम्पन्न प्रतियोगितामा कुल २० स्वर्ण, २० रजत र २० कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा पुलिस एक्लैले १२ स्वर्ण र सात रजत पदक जितेको थियो ।

अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चार स्वर्ण, चार रजत र पाँच कांस्य पदकका साथ दोस्रो स्थान हासिल गर्यो ।

यसैगरी सुदूरपश्चिमले ३ स्वर्ण र ३ कांस्य पदक जित्दा सशस्त्र प्रहरी बल (एपिएफ)ले  एक स्वर्ण, ६ रजत र दुई कांस्य पदक हात पार्दा मधेश प्रदेशले एक रजत र सात कांस्य पदक जित्यो ।

घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कांस्य पदकमा सीमित भयो ।  बागमती प्रदेशले एक रजत र लुम्बिनी प्रदेशले दुई कांस्य पदक मात्र जित्न सके ।

अन्तिम दिन बुधबार ६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा पुलिसले चार तथा एपिएफ र सुदूरपश्चिमले एक/एक स्वर्ण पदकमा नाम लेखाएका थिए ।

महिला ८७ केजी तौल समूहमा एपिएफकी नीशा बलालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल एक सय ३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी थिइन ।

नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल एक सय ३७ केजी वजन उठाउँदै रजत पदक जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कांस्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल एक सय २५ केजी उचालेकी थिइन ।

महिला ८७ केजी माथिको तौल समूहमा नेपाल पुलिसकी विद्या राईले स्न्याचमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल एक सय ६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी पदक जितेकी थिइन । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान थियो ।

यो विधामा एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कांस्य पदक जिते । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी वजन उचालेकी थिइन भने गण्डकीलाई पहिलो कांस्य पदक जिताउने क्रममा सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी तौल उचालिन । घरेलु टोली गण्डकीले यसअघि रजत पदक मात्र जितेको थियो ।
पुरुष ९६ केजी तौल समूहमा नेपाल पुलिसका विशालसिंह बिष्टले क्लीन एण्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जिते । उनले स्न्याचमा एक सय २० र क्लीन एण्ड जर्कमा एक सय ६१ गरी कुल दुर्इ सय ८१ केजी भार उठाएका थिए । एपिएफका तिलकबहादुर थापाले रजत तथा मधेश प्रदेशका संजय यादवले कांस्य पदक जिते ।

पुरुष एक सय दुई केजी तौल समूहमा नेपाल पुलिसका सन्देश गुरुङले स्न्याचमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जिते । उनले स्न्याचमा एक सय १३ केजी भार उठाए ।। सन्देशले क्लीन एण्ड जर्कमा एक सय ३९ सहित कुल दुई सय ५२ केजी भार उठाए ।

एपिएफका रणबहादुर नगरकोटीले स्न्याचमा एक सय १२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकोमा लगत्तै सन्देशले १ केजी बढी वजन उचालेर नयाँ कीर्तिमान बनाएका हुन् । नगरकोटीले क्लीन एण्ड जर्कमा एक सय ३८ सहित कुल दुई सय ५० केजी भार उठाउँदा कास्य जितेका मधेशका उज्ज्वलकुमार मिश्रले कुल एक सय ९४ केजी भार उठाए । उनले स्न्याचमा ८४ र क्लीन एण्ड जर्कमा एक सय १० केजी भार बहन गरेका थिए । 
पुरुष एक सय ९ केजी तौल समूहमा सुदूरपश्चिमका सुवास उपाध्यायले स्न्याचमा एक सय १२ र क्लीन एण्ड जर्कमा एक सय ४० गरी कुल दुई सय ५२ केजी भार बहन गर्दै स्वर्ण पदक जिते ।

नेपाल पुलिसका राजीव महर्जनले स्न्याचमा एक सय १३ र क्लीन एण्ड जर्कमा एक सय २५ गरी कुल दुई सय ३८ केजी भार उठाउँदै रजत पदक जिते । मधेशका एम.आशीक हुसेनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा एक सय १६ गरी कुल एक सय ९६ केजी भार बहन गरी कांस्य पदक जिते ।

यस्तै, पुरुष एक सय ९ केजी माथि तौल समूहमा नेपाल पुलिसका सागर भण्डारीले स्न्याचमा एक सय १५ र क्लीन एण्ड जर्कम एक सय ३५ गरी कुल दुई सय ५० केजी भार उठाएर स्वर्ण पदक जिते । आर्मीका पुकार गुरुङले स्न्याचमा एक सय १५ र क्लीन एण्ड जर्कमा एक सय २० गरी कुल दुई ३५ केजी भार उठाउँदै रजत पदक जिते । कास्ंय जितेका मधेशका प्रतापकुमार चौधरीले कुल एक सय ८५ केजी भार उठाए । उनले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा एक सय १० केजी तौल उठाएका थिए ।

भारोत्तोलन प्रतियोगितामा सबै सात प्रदेश र तीन विभागीय टोली (नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी बल)ले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल एक सय ७२ जना खेलाडीले भाग लिएका थिए ।

बुधबार साँझ समापन समारोहमा विजेतालाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापती लगायतले पुरस्कार वितरण गरेका थिए । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||