चैत्र ६, २०८२ शुक्रबार | ०३:४९:५७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

भारोत्तोलनमा सञ्जुद्वारा आफ्नै कीर्तिमानमा सुधार

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरीले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा आफ्नै नाममा रहेकी राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् ।

बुधबार बाँकेकी सञ्जुले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी गरी कुल एक सय ७१ केजी तौलमा सुधार गरिन् । यस्तै, स्नाचमा ७८ केजी र क्लिन एण्ड जर्कमा ९८ केजीसहित एक सय ७६ केजी तौ नयाँ किर्तिमान कायम गरिन् ।

सञ्जुले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकी थिइन् । दोस्रो प्रयासमा ७५ केजी तौल र तेस्रो प्रयासमा ७८ केजीका साथ नयाँ किर्तिमान बनाइन् । यस्तै, क्लिनमा पहिलो प्रयासमा ९१ केजी,  दोस्रोमा ९८ केजी र तेस्रो प्रयासमा ९८ केजी तौललाई बहन गरेकी थिइन् ।

प्रतियोगितामा ५९ केजी तौलको उपविजेता बनेकी नेपाल पुलिसकी जुनुमाया छन्त्यालले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गरिन् ।

उनले ७१ केजी तौल समूहमा स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल एक सय ५६ केजी भार बहन गरिन् । यसअघि यसै तौल समूहको कीर्तिमान पुलिसकै राजलक्ष्मी थापाको नाममा थियो ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथतर्फ एकल प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा एक सय ६ केजी भारका साथ विजेता बनिन् ।  

महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डल विजयी भइन् । उनले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी उठाएकी थिइन् ।

जुनियरतर्फस्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरि कुल ९९ केजी भार बहन गरेकी बर्दियाकी नन्दा थापा मगर विजयी भइन् ।

महिला ६४ केजी तौल समूहको युथतर्फ बर्दियाकी जयकला थापा मगर, जुनियर तर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण पदक जिते । यसै स्पर्धाको सिनियर तर्फ सेनाकी शारदा चौधरी विजयी भइन् ।

पुरुष ७३ केजी तौलको सिनियरतर्फ सेनाका जीवन तामाङ्गले स्नाचमा ८६ केजी र क्लिनमा ११३ गरि कुलमा १९९ केजीका साथ स्वर्ण पदक जिते ।

७३ केजी तौलको जुनियर र युथतर्फको दुवै स्वर्ण पदक कञ्चनपुरका हेमन्त पालको नाममा रह्यो । उनले स्नाचमा ७७, क्लिनमा ९५ केजी गरि कुलमा एक सय ७२ केजी उचालेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो