माघ १७, २०८२ शनिबार | २१:४५:५९
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

भारोत्तोलनमा सञ्जुद्वारा आफ्नै कीर्तिमानमा सुधार

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरीले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा आफ्नै नाममा रहेकी राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् ।

बुधबार बाँकेकी सञ्जुले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी गरी कुल एक सय ७१ केजी तौलमा सुधार गरिन् । यस्तै, स्नाचमा ७८ केजी र क्लिन एण्ड जर्कमा ९८ केजीसहित एक सय ७६ केजी तौ नयाँ किर्तिमान कायम गरिन् ।

सञ्जुले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकी थिइन् । दोस्रो प्रयासमा ७५ केजी तौल र तेस्रो प्रयासमा ७८ केजीका साथ नयाँ किर्तिमान बनाइन् । यस्तै, क्लिनमा पहिलो प्रयासमा ९१ केजी,  दोस्रोमा ९८ केजी र तेस्रो प्रयासमा ९८ केजी तौललाई बहन गरेकी थिइन् ।

प्रतियोगितामा ५९ केजी तौलको उपविजेता बनेकी नेपाल पुलिसकी जुनुमाया छन्त्यालले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गरिन् ।

उनले ७१ केजी तौल समूहमा स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल एक सय ५६ केजी भार बहन गरिन् । यसअघि यसै तौल समूहको कीर्तिमान पुलिसकै राजलक्ष्मी थापाको नाममा थियो ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथतर्फ एकल प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा एक सय ६ केजी भारका साथ विजेता बनिन् ।  

महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डल विजयी भइन् । उनले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी उठाएकी थिइन् ।

जुनियरतर्फस्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरि कुल ९९ केजी भार बहन गरेकी बर्दियाकी नन्दा थापा मगर विजयी भइन् ।

महिला ६४ केजी तौल समूहको युथतर्फ बर्दियाकी जयकला थापा मगर, जुनियर तर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण पदक जिते । यसै स्पर्धाको सिनियर तर्फ सेनाकी शारदा चौधरी विजयी भइन् ।

पुरुष ७३ केजी तौलको सिनियरतर्फ सेनाका जीवन तामाङ्गले स्नाचमा ८६ केजी र क्लिनमा ११३ गरि कुलमा १९९ केजीका साथ स्वर्ण पदक जिते ।

७३ केजी तौलको जुनियर र युथतर्फको दुवै स्वर्ण पदक कञ्चनपुरका हेमन्त पालको नाममा रह्यो । उनले स्नाचमा ७७, क्लिनमा ९५ केजी गरि कुलमा एक सय ७२ केजी उचालेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।