चैत्र ६, २०८२ शुक्रबार | १७:१९:४१
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

गणेशमान स्मृति टेनिस शनिबारबाट

काठमाडौं । नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रिक योद्धा वीर गणेशमान सिंहको स्मरणमा शनिबारबाट राष्ट्रिय स्तरको खुल्ला टेनिस प्रतियोगिता हुने भएको छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सात दिनसम्म चल्ने दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा कुल २३ स्पर्धा समावेश गरिएको सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा हुने प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, पुरुष ३५ वर्षमाथि एकल तथा युगल, पुरुष ४५ वर्षमाथि एकल तथा युगल, पुरुष ५५ वर्षमाथि एकल तथा युगल र पुरुष ६५ वर्षमाथिको एकल स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

त्यस्तै जुनियरतर्फ आठ वर्ष मुनिको छात्र तथा छात्रा एकल, ९ वर्ष मुनिको छात्र तथा छात्रा एकल, १० वर्ष मुनिको छात्र तथा छात्रा एकल, १२ वर्ष मुनिको छात्र तथा छात्रा एकल, १४ वर्ष मुनिको छात्र तथा छात्रा एकल र खुल्ला छात्र तथा छात्रा युगलमा प्रतिस्पर्धा हुने जानकारी गराइयो ।

प्रतियोगिताको पहिलो संस्करणमा पुरुषतर्फ आरभसम्राट हाडा र महिलातर्फ सलोनी तामाङ विजयी भएका थिए । पुरुष युगलमा प्रदीप खड्का र अनिल शाहीको जोडीले उपाधी उचालेको थियो । ३५ वर्ष माथिको पुरुष युगल तर्फ कमलबहादुर भण्डारी र सिमान्त गुरुङको जोडी, ४५ वर्ष माथिको पुरुष एकलमा विमलकुमार गुरुङ, युगलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी विजयी भएका थिए । ५५ वर्ष माथीमा कमल थापा र छम्ब धोन्दुपको जोडी विजयी भएका थिए ।

प्रतियोगितामा पुरुष तथा महिला एकलमा विजेताले ८० हजार, उपविजेताले ४० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन् भने पुरुष तथा महिला र पुरुष युगलमा विजेता जोडीले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ ।

३५ वर्ष माथिको युगलमा विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् भने एकलको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी ४५ वर्ष माथिको स्पर्धामा एकलतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ५ हजार तथा युगलमा विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् ।

५५ वर्ष माथिको एकल तर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार, तथा युगलमा विजेताले १५ हजार, उपविजेता र तेस्रो हुनेले समान ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ६५ वर्षमाथिको एकलमा विजेताले १५ हजार, उपविजेताले सात हजार पाँच सय र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक एवं गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य भाष्करमान सिंहले जानकारी गराए ।

गणेशमान सिंह स्पोर्टस कमिटीका संयोजक सञ्जिव तुलाधरले सिंहलाई प्रतियोगिता संयोजकको पत्र हस्तान्तरण गरेका थिए ।

यसैबीच कमिटीले आउँदो पुस २३ गते काठमाडौंमा १० किलोमिटर रोडरेस आयोजना गर्ने पनि जानकारी गराइयो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो