पुस २०, २०८२ सोमबार | ०८:१५:५९
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

गणेशमान स्मृति टेनिस शनिबारबाट

काठमाडौं । नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रिक योद्धा वीर गणेशमान सिंहको स्मरणमा शनिबारबाट राष्ट्रिय स्तरको खुल्ला टेनिस प्रतियोगिता हुने भएको छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सात दिनसम्म चल्ने दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा कुल २३ स्पर्धा समावेश गरिएको सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा हुने प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, पुरुष ३५ वर्षमाथि एकल तथा युगल, पुरुष ४५ वर्षमाथि एकल तथा युगल, पुरुष ५५ वर्षमाथि एकल तथा युगल र पुरुष ६५ वर्षमाथिको एकल स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

त्यस्तै जुनियरतर्फ आठ वर्ष मुनिको छात्र तथा छात्रा एकल, ९ वर्ष मुनिको छात्र तथा छात्रा एकल, १० वर्ष मुनिको छात्र तथा छात्रा एकल, १२ वर्ष मुनिको छात्र तथा छात्रा एकल, १४ वर्ष मुनिको छात्र तथा छात्रा एकल र खुल्ला छात्र तथा छात्रा युगलमा प्रतिस्पर्धा हुने जानकारी गराइयो ।

प्रतियोगिताको पहिलो संस्करणमा पुरुषतर्फ आरभसम्राट हाडा र महिलातर्फ सलोनी तामाङ विजयी भएका थिए । पुरुष युगलमा प्रदीप खड्का र अनिल शाहीको जोडीले उपाधी उचालेको थियो । ३५ वर्ष माथिको पुरुष युगल तर्फ कमलबहादुर भण्डारी र सिमान्त गुरुङको जोडी, ४५ वर्ष माथिको पुरुष एकलमा विमलकुमार गुरुङ, युगलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी विजयी भएका थिए । ५५ वर्ष माथीमा कमल थापा र छम्ब धोन्दुपको जोडी विजयी भएका थिए ।

प्रतियोगितामा पुरुष तथा महिला एकलमा विजेताले ८० हजार, उपविजेताले ४० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन् भने पुरुष तथा महिला र पुरुष युगलमा विजेता जोडीले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ ।

३५ वर्ष माथिको युगलमा विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् भने एकलको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी ४५ वर्ष माथिको स्पर्धामा एकलतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ५ हजार तथा युगलमा विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् ।

५५ वर्ष माथिको एकल तर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार, तथा युगलमा विजेताले १५ हजार, उपविजेता र तेस्रो हुनेले समान ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ६५ वर्षमाथिको एकलमा विजेताले १५ हजार, उपविजेताले सात हजार पाँच सय र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक एवं गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य भाष्करमान सिंहले जानकारी गराए ।

गणेशमान सिंह स्पोर्टस कमिटीका संयोजक सञ्जिव तुलाधरले सिंहलाई प्रतियोगिता संयोजकको पत्र हस्तान्तरण गरेका थिए ।

यसैबीच कमिटीले आउँदो पुस २३ गते काठमाडौंमा १० किलोमिटर रोडरेस आयोजना गर्ने पनि जानकारी गराइयो ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA