माघ १७, २०८२ शनिबार | ०६:१२:५२
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

नाडालको जोडीको रुपमा खेल्ने फेडेररको सपना

लन्डन । पूर्वविश्व नम्बर एक रोजर फेडेरर शुक्रबार लाभर कपको डबल्सतर्फ प्रतिस्पर्धा गर्दैछन् ,जुन उनका लागि टेसिन खेल जीवनको अन्तिम प्रतियोगिता हुनेछ । फेडेररले आफ्ना चिरप्रतिद्धन्द्धी राफेल नाडालको जोडीको रुपमा प्रतियोगितामा सहभागी हुन चाहेको बताएका छन् ।

फेडेररसँगै नाडाल, नोभाक जोकोभिच र एन्डी मरेले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छन् । फेडेररले पूर्ण रुपमा फिट भए मात्र प्रतियोगितामा सहभागि हुने जनाइएको थियो । यद्धपी उनले कुन विधामा प्रतिस्पर्धा गर्छन भन्ने बारे केही बताइएको थिएन । 

फेडेररले मंगलबार आफूले लाभर कपमा डबल्सतर्फ प्रतिस्पर्धा गर्ने जनाए तर उनको जोडी भने अहिलेसम्म टुङगो लागिसकेको छैन । 

‘म खेलजीवनकै अन्तिम प्रतियोगिता खेल्दैछु, ’उनले भने,' त्यसमा म खुशी छु । तर म प्रतियोगिताको एकल विधामा प्रतिस्पर्धा गर्न सक्ने स्थितीमा छैन । त्यसैले मैले डबल्समा सहभागी हुने निर्णय लिएको हुँ ।'

फेडेररले २० पटक ग्रान्ड स्लाम जितेका छन् भने जोकोभिचले २१ पटक ग्रान्ड स्लाम जितेका छन् । नाडालले कीर्तिमानी २२ औं ग्रान्ड स्लाम जितेका छन् ।

फेडेररले प्रतियोगितामा नाडाल र जोकोभिचमध्ये एकलाई जोडीको रुपमा पाउने छन् ।

‘सम्भवत मैले राफेल नाडालको जोडीको रुपमा खेल्न पाउँछु होला, जुन मेरा लागि पनि एउटा सपना हो,’ फेडेररले भने, ‘पछिल्लो केही वर्ष मेरा लागि सुखद रहेन । जसले म केही निराश पनि छु तर समग्रमा भने मेरो खेलजीवन सफल नै रह्यो ।मैले चोटमुक्त हुँदै कोर्ट फर्कन निकै प्रयास गरे पनि त्यो प्रयास सफल भने भएन । ’

केही दिन अघि मरेले फेडेररको जोडीको रुपमा लाभर कपमा प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।