काठमाडौं । स्पेनिस टेनिस स्टार कार्लोस अल्कारेज वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मोलर्बनस्थित रोड लेभर एरिनामा बिहीबार अल्कारेजले इटालीका लोरेन्जो सोनेगोलाई ३-१ को सेटमा पराजित गरेका हुन् ।
पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारेका अल्कारेजले प्रतिस्पर्धात्मक दोस्रो सेट ६-७ (३-७) ले गुमाए । त्यसपछिका दुई सेट ६-३ र ७-६ (७-३) ले आफ्नो पक्षमा पार्दै अल्कारेजले तेस्रो चरणको यात्रा तय गरे ।
अल्कारेजले तेस्रो चरणमा चीनका शाङ जुनचेङको सामान गर्नेछन् । जुनचेङले भारतका सुमित नागललाई २-६, ६-३, ७-५, ६-४ ले स्तब्ध बनाउँदै तेस्रो चरणमा स्थान सुरक्षित गरेका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
