माघ १८, २०८२ आइतबार | १२:१३:४७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अभिलाषा र माहिकाको जोडी च्याम्पियन

अभिलाषा विष्ट, फाइल तस्बिर

काठमाडौं । अभिलाषा विष्ट र माहिका राणको जोडीले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला युगलमा बिहीबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गरे ।

 यसैगरी भेट्रान ५५ वर्षमाथि पुरुष एकलमा विमलकुमार गुरुङ च्याम्पियन बने । उनले फाइनलमा जीवन घिमिरेलाई सीधा सेटमा ६-३, ६-४ ले हराए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष युगलमा सन्तोष खत्री र सुवास बस्नेतको जोडीले जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ६-४, ६-३ तथा महेश श्रेष्ठ र अनिल साइको जोडीले सिमान्त गुरुङ र कमलबहादुर भण्डारीको जोडीलाई ६-४, ६-१ को सोझो सेटमा स्तब्ध बनाउँदै फाइनल यात्रा तय गरे ।

जुनियर

प्रतियोगिताअन्तर्गत जुनियरको ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वज्राचार्यको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा अद्रिन थापा र दीर्घायु लामाको जोडीलाई ६-०, ६-१ को सेटमा निरास बनाए । सो स्पर्धाको गर्ल्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले फाइनलमा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीलाई ६-०, ६-० ले हराउँदै उपाधि जिते ।

यु-१४ गर्ल्स सिंगल्समा शिभाली गुरुङ र स्वस्तिाका विष्ट फाइनलमा भिड्ने भएका छन् । शिभालीले प्राज्ना मानन्धरलाई ६-४, ६-१ तथा स्वस्तिाकाले कर्मिस्था नुगाह श्रेष्ठलाई ६-२, ६-१ ले पराजित गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।