चैत्र १४, २०८२ शनिबार | ०४:१६:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अभिलाषा र माहिकाको जोडी च्याम्पियन

अभिलाषा विष्ट, फाइल तस्बिर

काठमाडौं । अभिलाषा विष्ट र माहिका राणको जोडीले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला युगलमा बिहीबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गरे ।

 यसैगरी भेट्रान ५५ वर्षमाथि पुरुष एकलमा विमलकुमार गुरुङ च्याम्पियन बने । उनले फाइनलमा जीवन घिमिरेलाई सीधा सेटमा ६-३, ६-४ ले हराए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष युगलमा सन्तोष खत्री र सुवास बस्नेतको जोडीले जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ६-४, ६-३ तथा महेश श्रेष्ठ र अनिल साइको जोडीले सिमान्त गुरुङ र कमलबहादुर भण्डारीको जोडीलाई ६-४, ६-१ को सोझो सेटमा स्तब्ध बनाउँदै फाइनल यात्रा तय गरे ।

जुनियर

प्रतियोगिताअन्तर्गत जुनियरको ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वज्राचार्यको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा अद्रिन थापा र दीर्घायु लामाको जोडीलाई ६-०, ६-१ को सेटमा निरास बनाए । सो स्पर्धाको गर्ल्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले फाइनलमा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीलाई ६-०, ६-० ले हराउँदै उपाधि जिते ।

यु-१४ गर्ल्स सिंगल्समा शिभाली गुरुङ र स्वस्तिाका विष्ट फाइनलमा भिड्ने भएका छन् । शिभालीले प्राज्ना मानन्धरलाई ६-४, ६-१ तथा स्वस्तिाकाले कर्मिस्था नुगाह श्रेष्ठलाई ६-२, ६-१ ले पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो