चैत्र ६, २०८२ शुक्रबार | १६:४३:३६
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

प्रदीप र ऋतिक पुरुष एकलको फाइनलमा

प्रदीप खड्का, फाइल तस्बिर

काठमाडौं । प्रदीप खड्का र ऋतिक राणा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निसान श्रेष्ठलाई ६-२, ६-१ तथा ऋतिकले बोरिस अधिकरीलाई ६-३, ६-० को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६-१, ६-१, माहिका राणाले रायना शाहलाई ६-३, ४-६, ६-३, शुभाङ्गीलक्ष्मी शाहले गंगा शर्मालाई ६-२, ६-३ तथा प्रकृति श्रेष्ठले आद्या पौडेललाई ६-३, ३-६, ६-२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्धाररा संयुक्त आयोजित प्रतियोगिताको पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापा तथा सक्षमविक्रम शाह र प्रितम परियारको जोडी फाइनलमा पुगे । सो स्पर्धाको गर्ल्समा प्रकृति श्रेष्ठ र रायना शाह तथा अभिलाषा विष्ट र माहिका राणाको जोडी फाइनलमा पुगे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई ६-३, ६-७ र १०-७ ले पाखा लगाउदै उपाधि जिते । ३५ वर्षमाथि पुरुष सिंगल्समा सिमान्त गुरुङ, सन्तोष खत्री, जितेन्द्र परियार र कमलबहादुर भण्डारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । 

४५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनल यात्रा तय गरे ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ र जीवन घिमिरेले उपाधि भिडन्त पक्का गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट र कमल थापा उपाधिका लागि भिड्ने भएका छन् ।

जुनियरः भिरल र निम्तिलाई स्वर्ण

प्रतियोगिताअन्तर्गत जुनियरको य-८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल तथा गर्ल्समा निम्ति कुँवरले स्वर्ण जितेका छन् । फाइनलमा भिरलले जिवश भट्टराईलाई १०-४, १०-८ तथा निम्तिले तभिसी राणालाई १७-१५, १०-३ ले पराजित गरे ।

यु-१२ ब्वाइज सिंगल्समा च्याम्पियन बन्ने क्रममा विश्वविशेष डल्लाकोटीले फाइनलमा स्पन्दन उदासलाई ६-०, ५-७, ६-३ को सेटमा स्तब्ध बनाए । सो स्पर्धाको गर्ल्समा शिभाली गुरुङ र साल्भी शेरचन फाइनलमा पुगेका छन् ।

यु-९ सिंगल्सको ब्वाइजमा निश्चल ज्ञवाली तथा गल्र्समा सरा पन्त र थिअ श्रेष्ठ फाइनलमा स्थान बनाउन सफल रहे । यु-१० ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी र सुजन कुइकेल फाइनलमा प्रवेश गरे । 

उक्त स्पर्धाको गर्ल्समा सरा पन्त र अनुश्री धोजुले फाइनल खेल्ने छन् । यु-१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी र वृजेश अर्यालले स्वर्ण भिडन्त पक्का गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो