माघ १६, २०८२ शुक्रबार | ००:२६:३४
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

प्रदीप र ऋतिक पुरुष एकलको फाइनलमा

प्रदीप खड्का, फाइल तस्बिर

काठमाडौं । प्रदीप खड्का र ऋतिक राणा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निसान श्रेष्ठलाई ६-२, ६-१ तथा ऋतिकले बोरिस अधिकरीलाई ६-३, ६-० को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६-१, ६-१, माहिका राणाले रायना शाहलाई ६-३, ४-६, ६-३, शुभाङ्गीलक्ष्मी शाहले गंगा शर्मालाई ६-२, ६-३ तथा प्रकृति श्रेष्ठले आद्या पौडेललाई ६-३, ३-६, ६-२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्धाररा संयुक्त आयोजित प्रतियोगिताको पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापा तथा सक्षमविक्रम शाह र प्रितम परियारको जोडी फाइनलमा पुगे । सो स्पर्धाको गर्ल्समा प्रकृति श्रेष्ठ र रायना शाह तथा अभिलाषा विष्ट र माहिका राणाको जोडी फाइनलमा पुगे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई ६-३, ६-७ र १०-७ ले पाखा लगाउदै उपाधि जिते । ३५ वर्षमाथि पुरुष सिंगल्समा सिमान्त गुरुङ, सन्तोष खत्री, जितेन्द्र परियार र कमलबहादुर भण्डारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । 

४५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनल यात्रा तय गरे ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ र जीवन घिमिरेले उपाधि भिडन्त पक्का गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट र कमल थापा उपाधिका लागि भिड्ने भएका छन् ।

जुनियरः भिरल र निम्तिलाई स्वर्ण

प्रतियोगिताअन्तर्गत जुनियरको य-८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल तथा गर्ल्समा निम्ति कुँवरले स्वर्ण जितेका छन् । फाइनलमा भिरलले जिवश भट्टराईलाई १०-४, १०-८ तथा निम्तिले तभिसी राणालाई १७-१५, १०-३ ले पराजित गरे ।

यु-१२ ब्वाइज सिंगल्समा च्याम्पियन बन्ने क्रममा विश्वविशेष डल्लाकोटीले फाइनलमा स्पन्दन उदासलाई ६-०, ५-७, ६-३ को सेटमा स्तब्ध बनाए । सो स्पर्धाको गर्ल्समा शिभाली गुरुङ र साल्भी शेरचन फाइनलमा पुगेका छन् ।

यु-९ सिंगल्सको ब्वाइजमा निश्चल ज्ञवाली तथा गल्र्समा सरा पन्त र थिअ श्रेष्ठ फाइनलमा स्थान बनाउन सफल रहे । यु-१० ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी र सुजन कुइकेल फाइनलमा प्रवेश गरे । 

उक्त स्पर्धाको गर्ल्समा सरा पन्त र अनुश्री धोजुले फाइनल खेल्ने छन् । यु-१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी र वृजेश अर्यालले स्वर्ण भिडन्त पक्का गरे ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।