माघ ११, २०८२ आइतबार | १४:३६:४४
गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रयितोगिता कात्तिक तेस्रो सात

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनमा कात्तिक १८ देखि २५ सम्म ‘गणेशमान सिंह राष्ट्रिय टेनिस प्रयितोगिता’ हुने भएको छ ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

प्रयोगितामा  प्रतियोगितामा सिनियर र भेट्रानतर्फ  महिला/ पुरुष सिंगल्स, डबल्स, ३५ वर्ष वर्षमाथिको पुरुष सिंगल्स / डबल्स, ४५ वर्ष माथिको पुरुष सिंगल्स / डबल्स, ५५ वर्षमाथिको पुरुष सिंगल्स / डबल्स र ६५ वर्षमाथिको पुरुष सिंगल्स विधा समावेश गरिएको छ ।

 सिनियर र भेट्रानमा गरी ९ लाख ५ हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिए । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।  नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने आठ दिने प्रतियोगिताका दोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

महिला/ पुरुष सिंगल्सको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपौयाँ प्राप्त गर्नेछन् ।

महिला पुरुष डबल्स तथा ३५ वर्ष वर्षमाथिको पुरुष सिंगल्सकाे शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपौयाँ पाउनेछन् । ३५ वर्ष माथिको पुरुष डबल्सका शीर्ष तीनलाई क्रमशः ३१ हजार २ सय ५०, १८ हजार ७ सय ५० र १२ हजार ५ सय रुपौयाँ प्रदान गरिनेछ  ।

४५ वर्षमाथिको सिंगल्सको विजेता ३६ हजार ५ सय, उपविजेताले १८ हजार ७ सय ५० र तेस्रो स्थान हासिल गर्नेले ६ हजार २ सय ५० रुपौयाँ प्राप्त गर्नेछन् । ४५ वर्ष माथिको पुरुष डबल्सका शीर्ष तीनलाई क्रमशः २५ हजार, १२ हजार ५ सय र १२ हजार ५ सय तथा ५५ वर्षमाथिको पुरुष सिंगल्सका शीर्ष तीनलाई २५ हजार, १२ हजार ५ सय र ६ हजार २ सय ५० प्रदान गरिनेछ ।

यसैगरी ४५ वर्षमाथिको डबल्सका विजेताले १८ हजार ७ सय ५०, विजेताले १० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६५ वर्षमाथिको सिंग्लसका शीर्ष तीनले क्रमशः १८ हजार ७ सय ५०, ९ हजार ३ सय ७५ र ६ हजार २ सय ५० रुपौयाँ प्राप्त गर्नेछन् ।

३५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको संयोजकमा आयोजक संघका बोर्ड सदस्य भाष्करमान सिंह छन् ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate