चैत्र ४, २०८२ बुधबार | २१:५३:३९
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रयितोगिता कात्तिक तेस्रो सात

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनमा कात्तिक १८ देखि २५ सम्म ‘गणेशमान सिंह राष्ट्रिय टेनिस प्रयितोगिता’ हुने भएको छ ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

प्रयोगितामा  प्रतियोगितामा सिनियर र भेट्रानतर्फ  महिला/ पुरुष सिंगल्स, डबल्स, ३५ वर्ष वर्षमाथिको पुरुष सिंगल्स / डबल्स, ४५ वर्ष माथिको पुरुष सिंगल्स / डबल्स, ५५ वर्षमाथिको पुरुष सिंगल्स / डबल्स र ६५ वर्षमाथिको पुरुष सिंगल्स विधा समावेश गरिएको छ ।

 सिनियर र भेट्रानमा गरी ९ लाख ५ हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिए । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।  नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने आठ दिने प्रतियोगिताका दोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

महिला/ पुरुष सिंगल्सको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपौयाँ प्राप्त गर्नेछन् ।

महिला पुरुष डबल्स तथा ३५ वर्ष वर्षमाथिको पुरुष सिंगल्सकाे शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपौयाँ पाउनेछन् । ३५ वर्ष माथिको पुरुष डबल्सका शीर्ष तीनलाई क्रमशः ३१ हजार २ सय ५०, १८ हजार ७ सय ५० र १२ हजार ५ सय रुपौयाँ प्रदान गरिनेछ  ।

४५ वर्षमाथिको सिंगल्सको विजेता ३६ हजार ५ सय, उपविजेताले १८ हजार ७ सय ५० र तेस्रो स्थान हासिल गर्नेले ६ हजार २ सय ५० रुपौयाँ प्राप्त गर्नेछन् । ४५ वर्ष माथिको पुरुष डबल्सका शीर्ष तीनलाई क्रमशः २५ हजार, १२ हजार ५ सय र १२ हजार ५ सय तथा ५५ वर्षमाथिको पुरुष सिंगल्सका शीर्ष तीनलाई २५ हजार, १२ हजार ५ सय र ६ हजार २ सय ५० प्रदान गरिनेछ ।

यसैगरी ४५ वर्षमाथिको डबल्सका विजेताले १८ हजार ७ सय ५०, विजेताले १० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६५ वर्षमाथिको सिंग्लसका शीर्ष तीनले क्रमशः १८ हजार ७ सय ५०, ९ हजार ३ सय ७५ र ६ हजार २ सय ५० रुपौयाँ प्राप्त गर्नेछन् ।

३५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको संयोजकमा आयोजक संघका बोर्ड सदस्य भाष्करमान सिंह छन् ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं