काठमाडौं । युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ उपाधिका लागि नोभाक जोकोभिच र डानियल मेदभेदेव भिड्ने भएका छन् ।
सर्वियन स्टार जोकोभिचले अमेरिकाका बेन शेल्टन शेलाई ३-० को सोझो सेटमा हराए । उनले खेल ६-३, ६-२ र ७-६ (७-४) ले आफ्नो पक्षमा पारेका हुन् ।
रसियन स्टार मेदभेदेवले साबिक विजेता स्पेनका कार्लोस अल्कारेजमाथि ३-१ सेटको जित निकाले । पहिलो दुई सेट ७-६( ७-३) र ६-१ ले आफ्नो पक्षमा पारेका उनले तेस्रो सेट भने ३-६ ले गुमाएका थिए ।
चौथो सेट ६-३ ले जित्दै मेदभेदेवले उपाधि भिडन्त पक्का गरे । फाइनल आइतबार हुनेछ ।
यसैगरी महिला एकलतर्फ उपाधिका लागि बेलारुसीकी अर्याना साबालेन्काले अमेरिकाकी कोको गौफको सामना गर्नेछिन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
