पुस २८, २०८२ मंगलबार | २१:५६:१५
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी

वीरगणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता मंगलबारबाट

काठमाडौं, (खेलाडी)– गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा मंगलबारदेखि वीरगणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । 

स्वर्गीय नेता सिंहको स्मृतिमा ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा सिनियर महिला, पुरुष र जुनियर छात्र तथा छात्रातर्फ विभिन्न २३ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सिनियरतर्फ पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ माथि उमेर समूहतर्फ एकल र युगल, पुरुष ४५ माथि उमेर समूहतर्फ एकल र युगल, पुरुष ५५ माथि उमेर समूहमा एकल र युगल हुनेछन् । 

यस्तै जुनियरतर्फ छात्र तथा छात्राआठ, नौ,१० र १२ र १४ वर्ष मुनी उमेर गरि १० विधामा स्पर्धा हुनेछ । त्यस्तै छात्र तथा छात्रा खुला युगल गरि थप दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुष र महिला तर्फका विजेताले ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ हात पार्नेछन् । पुरुष र महिला युगल विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

पुरुष ३५ वर्ष माथि उमेरअन्तर्गत एकलतर्फका विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्दा पुरुष ३५ वर्ष माथि उमेर समूहतर्फ युगलका विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुष ४५ माथि उमेर समुहतर्फ एकलको विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ भने युगलको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेता र तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुष ५५ वर्ष माथि उमेर समूहतर्फ एकलका विजेताले नगद २० हजार रुपैयाँ, उपविजेता र तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने युगलतर्फको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले सात हजार पाँच सय रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् । 

त्यस्तै पुरुष ६५ वर्ष माथि एकलतर्फका विजेताले १५ हजार रुपैयाँ, उपविजेताले सात हजार पाँच सय रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ हात पार्नेछन् 

जुनियर विधातर्फका विजेताहरुले आकर्षक पुरस्कार हात पार्ने प्रतियोगिताको संयोजक भाष्करमान सिंहले जानकारी दिए । 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||