फाल्गुन १९, २०८२ मंगलबार | ०५:२६:१८
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

वीरगणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता मंगलबारबाट

काठमाडौं, (खेलाडी)– गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा मंगलबारदेखि वीरगणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । 

स्वर्गीय नेता सिंहको स्मृतिमा ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा सिनियर महिला, पुरुष र जुनियर छात्र तथा छात्रातर्फ विभिन्न २३ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सिनियरतर्फ पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ माथि उमेर समूहतर्फ एकल र युगल, पुरुष ४५ माथि उमेर समूहतर्फ एकल र युगल, पुरुष ५५ माथि उमेर समूहमा एकल र युगल हुनेछन् । 

यस्तै जुनियरतर्फ छात्र तथा छात्राआठ, नौ,१० र १२ र १४ वर्ष मुनी उमेर गरि १० विधामा स्पर्धा हुनेछ । त्यस्तै छात्र तथा छात्रा खुला युगल गरि थप दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुष र महिला तर्फका विजेताले ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ हात पार्नेछन् । पुरुष र महिला युगल विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

पुरुष ३५ वर्ष माथि उमेरअन्तर्गत एकलतर्फका विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्दा पुरुष ३५ वर्ष माथि उमेर समूहतर्फ युगलका विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुष ४५ माथि उमेर समुहतर्फ एकलको विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ भने युगलको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेता र तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुष ५५ वर्ष माथि उमेर समूहतर्फ एकलका विजेताले नगद २० हजार रुपैयाँ, उपविजेता र तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने युगलतर्फको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले सात हजार पाँच सय रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् । 

त्यस्तै पुरुष ६५ वर्ष माथि एकलतर्फका विजेताले १५ हजार रुपैयाँ, उपविजेताले सात हजार पाँच सय रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ हात पार्नेछन् 

जुनियर विधातर्फका विजेताहरुले आकर्षक पुरस्कार हात पार्ने प्रतियोगिताको संयोजक भाष्करमान सिंहले जानकारी दिए । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||