माघ १६, २०८२ शुक्रबार | ०२:४९:४५
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

कमल र पार्वतीलाई स्वर्ण

काठमाडौं । नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन् ।

पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३० वर्षमा पार्वतीले स्वर्ण चुमेका हुन् । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् ।

नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका रेजिन रिमाल दोश्रो तथा आर्मीका रामबहादुर पोखरेल र प्रवीण गुरुङ तेश्रो भए । महिलामा तरहराकी सुशिला राई दोश्रो तथा आर्मीकी निता गुरुङ र प्रहरीकी सीता तामाङ तेश्रो स्थानमा रहे ।

सातदोबाटोमा भएको प्रतियोगिताको एकल पुम्सेको २२–२५ वर्ष पुरुषमा लिजेन्ड्सका शिशीर श्रेष्ठ र महिलामा मुलपानीकी चन्दु शाही तथा पुरुष २५–३० वर्षमा प्रहरीका जितबहादुर बोटले स्वर्ण पदक जिते ।

ग्रुप पुम्सेको पुरुष १०–१२ वर्षमा लैनचौरका रोहन भुजेल, सुगम भुजेल र इराजसिंह ठकुरी, १२–१५ वर्षमा स्वयम्भूका त्रिजन चौधरी, समिर तामाङ र थुप्तेन तामाङ, १५–१८ वर्षमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठ, सैरुस थापा र दीपक दुलाल, १८–२२ वर्षमा प्रहरीका कमल राना मगर, अस्मित राउत र राम गोले, २५–३० वर्षमा प्रहरीका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र अञ्जन चौधरी तथा ३० वर्षमाथि आर्मीका रेजिन रिमाल, रामकुमार पोखरेल र प्रवीण गुरुङ पहिलो भए ।

ग्रुप पुम्सकै महिला १०–१२ वर्षमा गोदावरीका माधवी राई, इरेन महर्जन र प्रकृति प्रजा, १२–१५ वर्षमा स्वयम्भूका सुवानी तामाङ, तारा वाइबा र रमिला श्रेष्ठ, १५–१८ वर्षमा आर्मीका पुर्णिमा बस्नेत, स्मृति रेगामी मगर र दक्षिणा भुजेल तथा १८–२२ वर्षमा प्रहरीका जैनव खातुन, निशा दर्नाल र मोनिका रम्तेलले शीर्ष स्थान हात पारे ।

पेयर पुम्सेको १०–१२ वर्षमा न्यु जेनका श्रृष्टि स्याङबो र अद्भे वज्राचार्य, १८–२२ वर्षमा प्रहरीका अस्मित चन्द र निशा दर्नाल तथा २५–३० वर्षमा प्रहरीकी पार्वती गुरुङ र जितबहादुर बोटले स्वर्ण प्राप्त गरे ।

दुईदिने प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीले विभिन्न १४ विधामा प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।