माघ १८, २०८२ आइतबार | ११:१६:५१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

प्रेम क्वार्टरफाइनलमा पराजित भएपछि नेपाल पदकबाट बञ्चित

काठमाडाैं । पुरुष व्यक्तिगत पुम्सेको क्वार्टरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएपछि तेक्वान्दोका प्रेमबहादुर लिम्बु चीनमा जारी १९ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउन  चुकेका छन् ।

लिनान स्पोर्टस कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा प्रेमले ७.१६० अंक प्राप्त गर्दा पेरेजले ७.५६० अंक प्राप्त गरे । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने थियो ।

प्रेमले त्यसअघि अन्तिम १६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका थिए । प्रेमले ७.३६० तथा कादिरले ७.२५० अंक ल्याए ।

त्यस्तै महिला पुम्सेतर्फ नेपालको चुनौती पहिलो खेलमै सकिएको छ । अन्तिम १६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित भइन् । स्वस्तिकाले ७.२५० तथा दियानाले ७.६०० अंक जोडेकी थिए ।

तेक्वान्दोमा अब सोमबार नेपालकी लागि अन्जली तामाङले महिला ४९ केजी तौल समूहमा कम्बोडियाकी लाइदेन क्रीसँग खेल्नेछिन् । पुरुष ५८ केजीमा राहुल कुमालले रियाद हाम्दीसँग साउदी अरबका प्रतिस्पर्धा गर्नेछन् । दुवै स्पर्धा अन्तिम ३२ का हुन् । 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।