चैत्र १४, २०८२ शनिबार | १५:५५:२७
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

संघविरुद्ध न्यायिक लडाई लड्ने तेक्वादो खेलाडीको चेतावनी

काठमाडौं । ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि आफ्नो नाम दर्ता नगराएको भन्दै खलाडीहरुले नेपाल तेक्वान्दो संघविरुद्ध न्यायिक लडाई लड्ने चेतावनी दिएका छन् ।  

खेलाडीहरुले सोमाबार पत्रकार सम्मेलन गर्दै चेतावनी दिएका हुन् । उनीहरुले हाल सम्मकै उच्च दर्ता शुल्कमा आफूहरुले नाम दर्ता गराउन पहल गरे पनि विभिन्न बाहना बनाएर फर्काइएको आरोप लगाएका छन् । 

इमेलमार्फत यस कुराको जानकारी गराई पनि संघबाट सुनुवाई नभएका कारण आफूहरुले वाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

‘हामी आफू आवद्ध डोजाङ्गमार्फत संघले तोकेको विभिन्न शुल्क बुझाई संघले तोकेको मापदण्ड पुरा गरी तेक्वान्दोमा आबद्ध भएका खेलाडी हौं । संघले हामी खेलाडीहरुको प्रतियोगिता खेल्न पाउने नैसर्गिग अधिकारलाई न्यायोचित सम्बोधन नगरेमा न्यायिक लडाई लड्न बाध्य हुनेछौं,’ खेलाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोजकले सुरुमा निकालेको सुचनाअनुसार भदौ १६ सम्म खेलाडी दर्ता गर्न सकिने थियो । तर पछि भदौ ४ गतेसम्म मात्र नाम दर्ता गर्न सकिने भन्दै नयाँ सुचना जारी गरिएको थियो । 

तोकिएको मितिमै नेपाल तेक्वान्दो संघमा आ-आफनो नाम दर्ता गर्न गएकोमा विभिन्न बहाना बनाएर नाम दर्ता गर्न नदिएको ती खेलाडीको आरोप छ । भदौ १० मा निकालिएको प्रतियोगितामा सहभागी हुने खेलाडीको सूचीमा उनीहरु कसैको पनि नाम उल्लेख गरिएको छैन ।

यसैगरी उनीहरुले भदौ १० गतेको सुचनाको आधारमा  भदाै १७ गते नेपाल तेक्वान्दो संघ र अध्यक्ष प्रकाशशम्शेर राणालाई हस्ताक्षरसहित पत्र पठाएको बताएका छन्  ।

खेलाडीहरुले  जारी गरेकाे  विज्ञप्ति

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो