माघ १६, २०८२ शुक्रबार | २२:२३:१२
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

संघविरुद्ध न्यायिक लडाई लड्ने तेक्वादो खेलाडीको चेतावनी

काठमाडौं । ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि आफ्नो नाम दर्ता नगराएको भन्दै खलाडीहरुले नेपाल तेक्वान्दो संघविरुद्ध न्यायिक लडाई लड्ने चेतावनी दिएका छन् ।  

खेलाडीहरुले सोमाबार पत्रकार सम्मेलन गर्दै चेतावनी दिएका हुन् । उनीहरुले हाल सम्मकै उच्च दर्ता शुल्कमा आफूहरुले नाम दर्ता गराउन पहल गरे पनि विभिन्न बाहना बनाएर फर्काइएको आरोप लगाएका छन् । 

इमेलमार्फत यस कुराको जानकारी गराई पनि संघबाट सुनुवाई नभएका कारण आफूहरुले वाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

‘हामी आफू आवद्ध डोजाङ्गमार्फत संघले तोकेको विभिन्न शुल्क बुझाई संघले तोकेको मापदण्ड पुरा गरी तेक्वान्दोमा आबद्ध भएका खेलाडी हौं । संघले हामी खेलाडीहरुको प्रतियोगिता खेल्न पाउने नैसर्गिग अधिकारलाई न्यायोचित सम्बोधन नगरेमा न्यायिक लडाई लड्न बाध्य हुनेछौं,’ खेलाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोजकले सुरुमा निकालेको सुचनाअनुसार भदौ १६ सम्म खेलाडी दर्ता गर्न सकिने थियो । तर पछि भदौ ४ गतेसम्म मात्र नाम दर्ता गर्न सकिने भन्दै नयाँ सुचना जारी गरिएको थियो । 

तोकिएको मितिमै नेपाल तेक्वान्दो संघमा आ-आफनो नाम दर्ता गर्न गएकोमा विभिन्न बहाना बनाएर नाम दर्ता गर्न नदिएको ती खेलाडीको आरोप छ । भदौ १० मा निकालिएको प्रतियोगितामा सहभागी हुने खेलाडीको सूचीमा उनीहरु कसैको पनि नाम उल्लेख गरिएको छैन ।

यसैगरी उनीहरुले भदौ १० गतेको सुचनाको आधारमा  भदाै १७ गते नेपाल तेक्वान्दो संघ र अध्यक्ष प्रकाशशम्शेर राणालाई हस्ताक्षरसहित पत्र पठाएको बताएका छन्  ।

खेलाडीहरुले  जारी गरेकाे  विज्ञप्ति

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।