चैत्र १४, २०८२ शनिबार | १५:४१:४९
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

निशा ‘लेभल टु’ प्रशिक्षक

काठमाडौं । ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएकी निशाले वर्ल्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । निशाले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् ।

तेक्वान्दोकी चौथो डान निशाले राष्ट्रिय टोलीसँगै विभिन्न विद्यालयमा पनि प्रशिक्षण गराउँदै आएकी छन् । निशा यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकुमा हुने तेक्वान्दोको वर्ल्ड च्याम्पियनसिपमा  नेपाली टोलीको प्रशिक्षकका रुपमा सहभागी छिन् ।

वर्ल्ड च्याम्पियनसिपमा नेपालका समान चार महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा महिला टोलीको प्रशिक्षकको जिम्मेवारी निशाले सम्हाल्दै छिन् ।

पुरुषको ६८ केजी तौल समूहमा वीर महरा, ८७ केजीमा निरज देवा, ६३ केजीमा गोविन्दबहादुर आले र सुमित विष्टले ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । 

यस्तै महिलातर्फ ४६ केजी तौल समूहमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन् ।

सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएकी निशाले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । ललितपुरको इमाडोलकी निशाले यसअघि सन् २०१४ को इन्चोन एसियाडमा प्रतिस्पर्धा गरेकी थिइन् । 

उनले हङकङ एसियन सिटी गेम्स र काठमाडौंमै भएको माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो