माघ १५, २०८२ बिहीबार | २१:२०:०९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

निशा ‘लेभल टु’ प्रशिक्षक

काठमाडौं । ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएकी निशाले वर्ल्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । निशाले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् ।

तेक्वान्दोकी चौथो डान निशाले राष्ट्रिय टोलीसँगै विभिन्न विद्यालयमा पनि प्रशिक्षण गराउँदै आएकी छन् । निशा यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकुमा हुने तेक्वान्दोको वर्ल्ड च्याम्पियनसिपमा  नेपाली टोलीको प्रशिक्षकका रुपमा सहभागी छिन् ।

वर्ल्ड च्याम्पियनसिपमा नेपालका समान चार महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा महिला टोलीको प्रशिक्षकको जिम्मेवारी निशाले सम्हाल्दै छिन् ।

पुरुषको ६८ केजी तौल समूहमा वीर महरा, ८७ केजीमा निरज देवा, ६३ केजीमा गोविन्दबहादुर आले र सुमित विष्टले ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । 

यस्तै महिलातर्फ ४६ केजी तौल समूहमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन् ।

सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएकी निशाले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । ललितपुरको इमाडोलकी निशाले यसअघि सन् २०१४ को इन्चोन एसियाडमा प्रतिस्पर्धा गरेकी थिइन् । 

उनले हङकङ एसियन सिटी गेम्स र काठमाडौंमै भएको माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।