माघ १५, २०८२ बिहीबार | ०७:३९:२५
गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा

१०० मिटर बटरफ्लाइमा पनि अजलको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुष १०० मिटर बटरफ्लाइमा अजलले ५९.१७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । 

अजलले सुब्बाले २५औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको  ५९‍‍.७७ सेकेन्डको कीर्तिमान ताडेका छन् ।

यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइमा २५.५२ सेकेन्डकाे नयाँ कीर्तिमान राष्ट्रिय कायम गरेका थिए । अजलले २६औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए ।

प्रतियोगितामा जम्मा तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान दिवाकर अवाले बनाएका थिए । दिवाकरले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३औं दक्षिण एसियाली खेलकुदमा शुभम शर्माको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान भंग गरेका थिए ।

कीर्तिमानधारीले प्रत्येक कीर्तिमान वापत ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा १६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो । ५३ अंकसाथ सेन्ट मेरिज दोश्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेश्रो स्थान हासिल गरेका छन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव इश्वर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनका अवसरमा भारतेको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्टसको २०० मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।

दुई दिने प्रतियोगितामा ३५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।