फाल्गुन ८, २०८२ शुक्रबार | २३:२४:१२
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

कराँतेलाई प्राण भर्दै मेयर कप सम्पन्न

काठमाडौ, (खेलाडी)- मध्यपुर थिमि नगरपालिकास्थित बोडे यो साताको सुरुआतमा करातेमय थियो ।

कोभिड १९ महामारीका कारण रोकिएको खेलकुद गतिविधी क्रमशः सुचारु हुने क्रममा छन् । यसै क्रममा आइतबार र सोमबार नेपाल सितोरियो कराँते संघ र शंखधर डोजोद्धारा आयोजित प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता प्राचिन नगरी बोडेमा सम्पन्न भयो ।

लामो समयदेखि खेल्न नपाएर तातामेसँग टाढिएका खेलाडीलाई यो प्रतियोगिताले प्रतिस्पर्धामा फर्किने राम्रो अवसर प्रदान गर्यो । त्यसैले यहाँ देशभरका विभिन्न नगरपालिकाको प्रतिनिधित्व गर्दै कुल ४२ डोजोका चार सय ७५ खेलाडीले विभिन्न २० स्पर्धामार्फत तातामेसँगको सम्बन्ध नवीकरण गरे । 

प्रतियोगिताका रेफ्री संयोजक राजेन्द्र कपाली युवा खेलाडीको उल्लेख्य सहभागिताले प्रतियोगितालाई सफलताको शिखरमा पुर्याएको विचार राख्छन् ।

‘कोभिड १९ महामारीका कारण धेरै प्रतियोगिताहरु हुन पाएका थिएनन् । आ-आफ्नो डोजोमा अभ्यास निरन्तर गरे पनि प्रतियोगिता नहुँदा खेलाडीहरु निराश थिए,’ कपालीले भने, ‘यो प्रतियोगिता खेलाडीको सहभागिता, खेलाडीले प्राप्त गर्ने सुविधा र पुरस्कार राशीका कारण नेपालकै उदाहरणीय बन्न सक्यो ।’

बोडेमा धेरैपछि कराते प्रतियोगिता भएको र यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने कपालीको विश्वास छ । 

प्रतियोगिताका संयोजक १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठले प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।

‘यसपाली प्रतियोगिता निक्कै भव्यतापूर्वक सम्पन्न भयो । हाम्रो मध्यपुर थिमी नगरपालिका, मेयर मदनसुन्दर श्रेष्ठज्यू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालज्यू, सह प्रायोजक शिव शिखर बहुउदेस्सिय सहकारीसंस्था लिमिटेडबाट राम्रो सहमति प्राप्त भयो,’ श्रेष्ठले खेलाडीसँग भने, ‘सहभागि भएका खेलाडी, प्रशिक्षक र रेफ्रीहरुको प्रतिक्रियाले पनि हामीलाई हौस्याएको छ । यसलाई प्रत्येक वर्ष निरन्तरता दिइनेछ ।’

कोभिड सक्रमणको क्रासका कारण ठूलो धनराशीका प्रतियोगिता नभइरहेको अवस्थामा बोडेमा सम्पन्न प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिताले नेपाली कराँतेलाई प्राण भरेको रेफ्री संयोजक कपालीको बुझाई छ । 

वरिष्ठ प्रशिक्षक कपालीले निषेधाज्ञाका बीच समेत खेलाडीहरु निरन्तर अभ्यासमा रहेकाले प्रतियोगितामा स्तरीय खेलाडीको सहभागिता रहेको बताए । 

‘निषेधाज्ञाका बीच पनि अनलाइनमार्फत अभ्यास भयो । निरन्तर अभ्यासका कारण राम्रा खेलाडीहरु आए । उनीहरु निकै क्षभमतावान छन् । सबैजसो खेलहरु निक्कै प्रतिस्पर्धात्मक थिए,’ कपालीले थपे, ‘यहाँ सम्भावना बोकेका धेरै जुनियर खेलाडीहरु आएका छन् । यो नेपाली कराते जगतका लागि सुखद संकेत हो । खेलाडीले यस्तै प्रतियोगिताहरुबाट राष्ट्रिय टोलीसम्मको यात्रा गर्ने हो ।’

दुई दिन चलेको प्रतियोगितामा एकल काता, कुमुते र किक बक्सिङ गरि तीन विधामा प्रतिस्पर्धा भएको थियो  ।

कुमुतेमा महिला र पुरुष दुवैतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी गरि कुल ७ तौल समूहमा प्रतिस्पर्धा भए ।

त्यस्तै एकल काता र किक बक्सिङमा पुरुषतर्फ ५५ केजी देखी ६० केजी तौल समूह र महिलातर्फ ५० केजी देखी ५५ केजी तौल समूहमा प्रतिस्पर्धा भयो ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टिमले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ हात पारे ।  

साथै कराँते र किक बक्सिङमा उत्कृष्ट हुने महिला र पुरुष गरी चार खेलाडीले माउन्टेन बाइक प्राप्त गरेका थिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||