पुस ५, २०८२ आइतबार | ०१:५८:३३
धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर

कराँतेलाई प्राण भर्दै मेयर कप सम्पन्न

काठमाडौ, (खेलाडी)- मध्यपुर थिमि नगरपालिकास्थित बोडे यो साताको सुरुआतमा करातेमय थियो ।

कोभिड १९ महामारीका कारण रोकिएको खेलकुद गतिविधी क्रमशः सुचारु हुने क्रममा छन् । यसै क्रममा आइतबार र सोमबार नेपाल सितोरियो कराँते संघ र शंखधर डोजोद्धारा आयोजित प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता प्राचिन नगरी बोडेमा सम्पन्न भयो ।

लामो समयदेखि खेल्न नपाएर तातामेसँग टाढिएका खेलाडीलाई यो प्रतियोगिताले प्रतिस्पर्धामा फर्किने राम्रो अवसर प्रदान गर्यो । त्यसैले यहाँ देशभरका विभिन्न नगरपालिकाको प्रतिनिधित्व गर्दै कुल ४२ डोजोका चार सय ७५ खेलाडीले विभिन्न २० स्पर्धामार्फत तातामेसँगको सम्बन्ध नवीकरण गरे । 

प्रतियोगिताका रेफ्री संयोजक राजेन्द्र कपाली युवा खेलाडीको उल्लेख्य सहभागिताले प्रतियोगितालाई सफलताको शिखरमा पुर्याएको विचार राख्छन् ।

‘कोभिड १९ महामारीका कारण धेरै प्रतियोगिताहरु हुन पाएका थिएनन् । आ-आफ्नो डोजोमा अभ्यास निरन्तर गरे पनि प्रतियोगिता नहुँदा खेलाडीहरु निराश थिए,’ कपालीले भने, ‘यो प्रतियोगिता खेलाडीको सहभागिता, खेलाडीले प्राप्त गर्ने सुविधा र पुरस्कार राशीका कारण नेपालकै उदाहरणीय बन्न सक्यो ।’

बोडेमा धेरैपछि कराते प्रतियोगिता भएको र यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने कपालीको विश्वास छ । 

प्रतियोगिताका संयोजक १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठले प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।

‘यसपाली प्रतियोगिता निक्कै भव्यतापूर्वक सम्पन्न भयो । हाम्रो मध्यपुर थिमी नगरपालिका, मेयर मदनसुन्दर श्रेष्ठज्यू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालज्यू, सह प्रायोजक शिव शिखर बहुउदेस्सिय सहकारीसंस्था लिमिटेडबाट राम्रो सहमति प्राप्त भयो,’ श्रेष्ठले खेलाडीसँग भने, ‘सहभागि भएका खेलाडी, प्रशिक्षक र रेफ्रीहरुको प्रतिक्रियाले पनि हामीलाई हौस्याएको छ । यसलाई प्रत्येक वर्ष निरन्तरता दिइनेछ ।’

कोभिड सक्रमणको क्रासका कारण ठूलो धनराशीका प्रतियोगिता नभइरहेको अवस्थामा बोडेमा सम्पन्न प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिताले नेपाली कराँतेलाई प्राण भरेको रेफ्री संयोजक कपालीको बुझाई छ । 

वरिष्ठ प्रशिक्षक कपालीले निषेधाज्ञाका बीच समेत खेलाडीहरु निरन्तर अभ्यासमा रहेकाले प्रतियोगितामा स्तरीय खेलाडीको सहभागिता रहेको बताए । 

‘निषेधाज्ञाका बीच पनि अनलाइनमार्फत अभ्यास भयो । निरन्तर अभ्यासका कारण राम्रा खेलाडीहरु आए । उनीहरु निकै क्षभमतावान छन् । सबैजसो खेलहरु निक्कै प्रतिस्पर्धात्मक थिए,’ कपालीले थपे, ‘यहाँ सम्भावना बोकेका धेरै जुनियर खेलाडीहरु आएका छन् । यो नेपाली कराते जगतका लागि सुखद संकेत हो । खेलाडीले यस्तै प्रतियोगिताहरुबाट राष्ट्रिय टोलीसम्मको यात्रा गर्ने हो ।’

दुई दिन चलेको प्रतियोगितामा एकल काता, कुमुते र किक बक्सिङ गरि तीन विधामा प्रतिस्पर्धा भएको थियो  ।

कुमुतेमा महिला र पुरुष दुवैतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी गरि कुल ७ तौल समूहमा प्रतिस्पर्धा भए ।

त्यस्तै एकल काता र किक बक्सिङमा पुरुषतर्फ ५५ केजी देखी ६० केजी तौल समूह र महिलातर्फ ५० केजी देखी ५५ केजी तौल समूहमा प्रतिस्पर्धा भयो ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टिमले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ हात पारे ।  

साथै कराँते र किक बक्सिङमा उत्कृष्ट हुने महिला र पुरुष गरी चार खेलाडीले माउन्टेन बाइक प्राप्त गरेका थिए ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I