पुस २७, २०८२ सोमबार | ०६:३३:४४
एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न

महासंघ विघटन गर्न राखेपलाई फुल कन्ट्याक्ट कराँतेकर्मीको अनुरोध

काठमाडौं, (खेलाडी)- फुल कन्ट्याक्ट कराँतेका विभिन्न संघ संस्थाहरुले नेपाल फुल कन्ट्याक्ट कराँते महासंघ तत्काल विघटन गरी निर्वाचन गराउनका लागि नयाँ तदर्थ समिति बनाउन राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग अनुरोध गरेका छन् ।

विभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रशिक्षकहरुको टोलीले आज बुधबार राखेपका  सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर दोस्रो पटक अनुरोधपत्र बुझाएका हुन् । यसअघि वैशाख ५ गते पनि थुप्रै अनियमितता भएको भन्दै उनीहरुले महासंघ विघटन गरी चुनावका लागि तदर्थ समिति बनाउन राखेपलाई अनुरोध गरेका थिए ।

महासंघको चार वर्षे अवधि गत वर्ष असोजमै सकिइसकेपछि पनि अवैधानिक रुपमा प्रदेश महासंघ गठन गरेको, राखेप तथा महासंघमा दर्ता भएका थुप्रै फुल कन्ट्याक्ट कराते संघलाई महासंघको कुनै पनि बैठक तथा क्रियाकलापमा जानकारी तथा सामेल नगराएको, राखेपमा दर्ता नभएका फुल कन्ट्याक्ट कराते संघहरुलाई ४० हजार रुपैयाँ लिएर महासंघमा दर्ता गराएको, राखेपले साउनमा प्रेमनाथ श्रेष्ठलाई फुल कन्ट्याक्ट करातेको मुख्य प्रशिक्षक नियुक्त गरेकोमा समानान्तर प्रशिक्षकको रुपमा राजु तुलाधरलाई नियुक्त गरेको लगायतका अनियमितता भएको अनुरोधपत्रमा उल्लेख छ । 

महासंघको आर्थिक पारदर्सिता, कार्यक्रम तथा गतिविधि, प्रशिक्षण स्थल तथा महासंघको आफ्नै कार्यालय नभएको, राखेपबाट महासंघमा प्रतिनिधि पठाइएका सूर्यबहादुर बुढाथोकीलाई राखेपमा जानकारी नगराई पदमुक्त गरेको लगायतका आरोप लगाउँदै तदर्थ समिति बनाउन अनुरोध गरिएको हो ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||