चैत्र ६, २०८२ शुक्रबार | १५:४२:००
न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी

महासंघ विघटन गर्न राखेपलाई फुल कन्ट्याक्ट कराँतेकर्मीको अनुरोध

काठमाडौं, (खेलाडी)- फुल कन्ट्याक्ट कराँतेका विभिन्न संघ संस्थाहरुले नेपाल फुल कन्ट्याक्ट कराँते महासंघ तत्काल विघटन गरी निर्वाचन गराउनका लागि नयाँ तदर्थ समिति बनाउन राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग अनुरोध गरेका छन् ।

विभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रशिक्षकहरुको टोलीले आज बुधबार राखेपका  सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर दोस्रो पटक अनुरोधपत्र बुझाएका हुन् । यसअघि वैशाख ५ गते पनि थुप्रै अनियमितता भएको भन्दै उनीहरुले महासंघ विघटन गरी चुनावका लागि तदर्थ समिति बनाउन राखेपलाई अनुरोध गरेका थिए ।

महासंघको चार वर्षे अवधि गत वर्ष असोजमै सकिइसकेपछि पनि अवैधानिक रुपमा प्रदेश महासंघ गठन गरेको, राखेप तथा महासंघमा दर्ता भएका थुप्रै फुल कन्ट्याक्ट कराते संघलाई महासंघको कुनै पनि बैठक तथा क्रियाकलापमा जानकारी तथा सामेल नगराएको, राखेपमा दर्ता नभएका फुल कन्ट्याक्ट कराते संघहरुलाई ४० हजार रुपैयाँ लिएर महासंघमा दर्ता गराएको, राखेपले साउनमा प्रेमनाथ श्रेष्ठलाई फुल कन्ट्याक्ट करातेको मुख्य प्रशिक्षक नियुक्त गरेकोमा समानान्तर प्रशिक्षकको रुपमा राजु तुलाधरलाई नियुक्त गरेको लगायतका अनियमितता भएको अनुरोधपत्रमा उल्लेख छ । 

महासंघको आर्थिक पारदर्सिता, कार्यक्रम तथा गतिविधि, प्रशिक्षण स्थल तथा महासंघको आफ्नै कार्यालय नभएको, राखेपबाट महासंघमा प्रतिनिधि पठाइएका सूर्यबहादुर बुढाथोकीलाई राखेपमा जानकारी नगराई पदमुक्त गरेको लगायतका आरोप लगाउँदै तदर्थ समिति बनाउन अनुरोध गरिएको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो