चैत्र ७, २०८२ शनिबार | ०८:३३:५७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

करातेको पहिलो स्वर्ण सान्चेजलाई

टोकियो, (खेलाडी)– स्पेनकी सान्द्रा सान्चेज बिहीबार ओलम्पिक इतिहासमा टोकियोमा करातेतर्पm स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।

महिला एकल काताको फाइनलमा जापानकी कियु सिमिजुलाई हराउँदै स्पेनकी सान्द्राले करातेको पहिलो ओलम्पिक प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् । उनी स्पेनका लागि स्वर्ण पदक जित्ने सबैभन्दा पाका उमेरकी खेलाडीसमेत बनिन् । उनले ३९ वर्ष ३ सय २३ दिनमा स्वर्ण जितिन् । स्पेनका लागि यसअघि सन् २००८ मा जोअन लानेरसले ३९ वर्ष ९१ दिनमा साइक्लिङतर्पm स्वर्ण दिलाएका थिए ।

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना भएको ओलम्पिकमा कराते पहिलो पटक सहभागी गराइएको हो । जापानले आयोजकका रूपमा समावेश गर्न पाउने खेलअन्तर्गत करातेको प्रतिस्पर्धा राखिएको हो । 

तर, घरेलु राष्ट्रले आफैँले राखेको खेलमा सफलता भने पाउन सकेन । आगामी पेरिस ओलम्पिक २०२४ मा भने करातेको प्रतिस्पर्धा रहेको छैन । त्यसैले ३९ वर्षीया कराते खेलाडी सान्चेजका लागि यो स्वर्ण पदक यादगार बन्नेछ । सान्चेजले घरेलु स्टार सिमिजुलाई २८.०६–२७.८८ स्कोरले हराइन् । प्रमुख जज निर्णयका लागि दुई खेलाडीको नजिक पुग्नासाथ सन् २०१८ की विश्व च्याम्पियन सान्चेजले जितको दाबेदारीसहित आफ्नो हात उठाएकी थिइन् । उनको दाबीअनुरूप पनि जजले उनको हात उचाल्दै विजयी घोषणाको संकेत गरे । 

‘म निकै भावुक भइरहेकी छु । किनकि एकै पटक मनमा धेरै कुरा आइरहेका छन् । म खुसी छु, तर पनि रुन मन लागिरहेको छु,’ भेट्रान सान्चेजले भनिन्, ‘यो जित यथार्थ हो भन्ने महसुस गर्न धेरै समय लाग्नेछ । मेरो काता फेरि एकपटक हेर्छु र अनि जितबारे विश्वस्त हुनेछु ।’

सिमिजुले भने लय गुमाए पनि उत्कृष्ट प्रदर्शन गरेको बताइन् । यसै विधामा इटालीका भिभिना बोटारो र हङकङकी मो सियुङले कांस्य पदक जिते । सन् २०१८ मा स्पेनमै सम्पन्न विश्व च्याम्पियनसिपमा पनि सान्चेजले सिमिजुलाई हराएकी थिइन् । पहिलो पटक ओलम्पिकमा सहभागी करातेमा काता र कुमुते दुई विधा छन् ।

कातामा आकर्षक रूपमा खेलाडीहरूले कला प्रस्तुत गर्ने गर्छन् र जजले स्कोर प्रदान गर्नेछन् । कुमुतेमा भने दुई प्रतिस्पर्धीबीच तीन मिनेटको फाइट हुनेछ । टोकियो ओलम्पिकमा महिला र पुरुषको व्यक्तिगत काता समावेश छन् । कुमुते (फाइट) मा महिलातर्फ ५५ केजी, ६१ केजी र ६१ क्ेजीमाथि प्रतिस्पर्धा हुँदै छन् । पुरुषमा भने ६७ केजी, ७५ केजी र ७५ केजीमाथि प्रतिस्पर्धा हुनेछन् । पुरुष ६७ केजीमुनि कुमुतेमा फ्रान्सका स्टेभन डा कोस्टाले टर्कीका इरे सामदानलाई ५–० स्कोरले हराउँदै स्वर्ण जिते । फ्रान्सको रेलवे कम्पनी पार्ट टाइमर कामदारका रूपमा कार्यरत कोस्टाका जुडुवा दाइ र पिता पनि पनि करातेमै छन् ।

सन् २०१८ को विश्व च्याम्पियन कोस्टाले आफ्नो अर्को ठूलो स्वर्णका रूपमा ओलम्पिक पदक थपेका छन् ।  महिला ५५ केजी कुमुतेमा बुल्गेरियाकी इभेत गोरानोभाले फाइनलमा एन्जहेलिका तेर्लयुगालाई ५–१ ले हराउँदै ऐतिहासिक स्वर्ण पदक जितिन् ।

हालसम्म आयोजक टोली जापानले आफैँले राखेको प्रतिस्पर्धामा स्वर्ण जित्न सकेको छैन । करातेका प्रतिस्पर्धाहरू ऐतिहासिक निप्पोन बुदोकान हलमा सञ्चालन भइरहेका छन् । यसै हलमा सन् १९६४ को टोकियो ओलम्पिकमा जुडोका प्रतिस्पर्धा भएका थिए । जापानकै मुख्य मार्सल आर्टस् जुडो, केन्दो, आइकिदो र करातेका ठूला प्रतिस्पर्धा पनि यसै हलमा हुने गरेका छन् । 

आगामी पेरिस ओलम्पिक २०२४ मा भने करातेको प्रतिस्पर्धा रहेको छैन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो