काठमाडौं । आयोजक नेपाले १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार र आइतबार भएको प्रतियोगितामा नेपालले १९ स्वर्ण, २४ रजत र ३० कांस्य पदक जित्यो । नेपाल लगातार १५औं पटक च्याम्पियन बन्यो ।
यसैगरी १२ स्वर्णसहित भारत दोश्रो बन्यो। भारतले १२ स्वर्ण, ६ रजत र १२ कांस्य पदक जित्यो। पश्चिम बंगालको टिएसआरकेकेओ दुई स्वर्ण तीन रजत र सात कांस्य पदकका साथ तेस्रो स्थानमा रह्यो ।
प्रतियोगितामा उमेर समूहतर्फ ११ तथा तौल समुहतर्फ २९ स्पर्धा गरी कुल ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिष्पर्धा भएको थियो।
प्रतियोगिताको शनिबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
