काठमाडौं । आयोजक नेपाले १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार र आइतबार भएको प्रतियोगितामा नेपालले १९ स्वर्ण, २४ रजत र ३० कांस्य पदक जित्यो । नेपाल लगातार १५औं पटक च्याम्पियन बन्यो ।
यसैगरी १२ स्वर्णसहित भारत दोश्रो बन्यो। भारतले १२ स्वर्ण, ६ रजत र १२ कांस्य पदक जित्यो। पश्चिम बंगालको टिएसआरकेकेओ दुई स्वर्ण तीन रजत र सात कांस्य पदकका साथ तेस्रो स्थानमा रह्यो ।
प्रतियोगितामा उमेर समूहतर्फ ११ तथा तौल समुहतर्फ २९ स्पर्धा गरी कुल ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिष्पर्धा भएको थियो।
प्रतियोगिताको शनिबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
