चैत्र ६, २०८२ शुक्रबार | ०५:५८:३७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नेपाल कराते महासंघको चुनाव विवादमा

फाइल फोटो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवाराज लामाको नेतृत्वमा गठन गरेको नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितीको तदर्थ समितिको चुनाव विवादमा परेको छ ।

महासंघकाे साधारण सभा तथा चुनाव चैत ११ र १२ चितवनमा  हुने तय छ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहल(प्रचन्ड) ले गर्ने भनिएको छ । 

गएको माघ १२ मा राखेपका पूर्व सदस्यसचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिती गठन भएकाे थियाे । 

 राखेपले महासंघलार्ई तीन महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन गर्न निर्देशन दिएको थियो । 

राखेपले पुरेन्द्रविक्रम लाखे नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघ र दावा गुरुङ नेतृत्वको नेपाल कराते महासंघ भङ्ग गरेको थियो । 

राखेपका पूर्व बोर्ड सदस्य रेशम लामा, कराते महासंघका तत्कालीन महासचिव ध्रुव विक्रम मल्ल,जापान गोजुरियो कराते डो केन्वाकाई कराते संघ नेपालको तर्फबाट विदुर कुँवर, नेपाल हाम सी हा सितोरियो कराते डो संघका महासचिव रामकृष्ण लामाले निर्वाचन रोक्न अन्तरिम आदेश पाउँ भनि  राखेप र तदर्थ समितीका अध्यक्ष युवराज लामालाई विपक्षी बनाइ उच्च आदलत पाटनमा मुद्दा दायर गरेका छन्।

उच्च  अदालले पाटनले दुवै पक्षलाई शुक्रबार छलफलका लागि बलाएको छ । 

अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासंघका अध्यक्ष लाखेले परिषदमा निवेदन दर्ता गरे पनि सदस्यसचिव टंकलाल घिसिङ त्यसलाई बेवास्ता गर्दै चुनाव गर्न दबाब दिइरहेका छन् । 

अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते  तीन महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको चार वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।  त्यसपछि  दुवै महासंघ स्वत ब्युतिएको थियो । यसको बावजुद राखेपले आफ्नो पक्षलाई बेवास्ता गर्दै निर्वाचन गर्न स्विकृति दिएकाे पुरेन्द्र पक्षका करातेकर्मीको आरोप छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो