माघ ३, २०८२ शनिबार | २०:२६:५४
एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो

नेपाल कराते महासंघको चुनाव विवादमा

फाइल फोटो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवाराज लामाको नेतृत्वमा गठन गरेको नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितीको तदर्थ समितिको चुनाव विवादमा परेको छ ।

महासंघकाे साधारण सभा तथा चुनाव चैत ११ र १२ चितवनमा  हुने तय छ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहल(प्रचन्ड) ले गर्ने भनिएको छ । 

गएको माघ १२ मा राखेपका पूर्व सदस्यसचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिती गठन भएकाे थियाे । 

 राखेपले महासंघलार्ई तीन महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन गर्न निर्देशन दिएको थियो । 

राखेपले पुरेन्द्रविक्रम लाखे नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघ र दावा गुरुङ नेतृत्वको नेपाल कराते महासंघ भङ्ग गरेको थियो । 

राखेपका पूर्व बोर्ड सदस्य रेशम लामा, कराते महासंघका तत्कालीन महासचिव ध्रुव विक्रम मल्ल,जापान गोजुरियो कराते डो केन्वाकाई कराते संघ नेपालको तर्फबाट विदुर कुँवर, नेपाल हाम सी हा सितोरियो कराते डो संघका महासचिव रामकृष्ण लामाले निर्वाचन रोक्न अन्तरिम आदेश पाउँ भनि  राखेप र तदर्थ समितीका अध्यक्ष युवराज लामालाई विपक्षी बनाइ उच्च आदलत पाटनमा मुद्दा दायर गरेका छन्।

उच्च  अदालले पाटनले दुवै पक्षलाई शुक्रबार छलफलका लागि बलाएको छ । 

अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासंघका अध्यक्ष लाखेले परिषदमा निवेदन दर्ता गरे पनि सदस्यसचिव टंकलाल घिसिङ त्यसलाई बेवास्ता गर्दै चुनाव गर्न दबाब दिइरहेका छन् । 

अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते  तीन महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको चार वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।  त्यसपछि  दुवै महासंघ स्वत ब्युतिएको थियो । यसको बावजुद राखेपले आफ्नो पक्षलाई बेवास्ता गर्दै निर्वाचन गर्न स्विकृति दिएकाे पुरेन्द्र पक्षका करातेकर्मीको आरोप छ ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate